रसुवागढी नाका जोड्ने सडकमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नाका जोड्ने सडकमा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। जिल्ला सुरक्षा समिति रसुवाले गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजना खण्डको रुङ्गा खोला पुलदेखि रसुवागढीसम्म रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाएको हो।
निर्णयअनुसार भोलिदेखि अनिश्चीतकालका लागि बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। धरातलिय भिरालोपन, चट्टान / माटोको प्रकृति, नदी किनाराका सडकहरूको सम्भावित कटानी र उक्त क्षेत्रमा हुने सवारी चापबाट सिर्जना हुनसक्ने मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।
यस अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !