मुलुकी अपराध संहिता संशोधन प्रस्तावप्रति धवलशमसेरको आपत्ति
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर राणाले नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राणाले अन्तर्राष्ट्रिय मापदण्ड र संविधानको सीमा बिपरित, सरकारले गणतन्त्रका विरुद्ध गतिविधि गरे २५ बर्षसम्म सजाय गर्ने व्यवस्था राखी मुलुकी अपराध संहिता संशोधन गर्ने प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका हुन् ।
सरकारले मानवअधिकार र नागरिकको स्वतन्त्रताको मौलिक हकबिरुद्ध नै कदम चाल्न खाजेकाले समयमा नै सरकारलाई सजक गराउन खोजेको उनले बताए । उनले राष्ट्रवादी र राजावादीहरुले यस्ता कानून बन्न नदिने भन्दै आफूहरु २५ बर्ष जेल बस्न तयार रहेको स्पष्ट पारे । त्यस्तै राणाले नयाँ पार्टीको विधान, नाम, झण्डा सबैको टुङ्गो लागिसकेको भन्दै असारभित्रै निर्वाचन आयोगमा दर्ता गरिने र पार्टीको नाम सार्वजनिक गरिने बताए ।
प्रतिक्रिया दिनुहोस !