कांग्रेस संस्थापनइतर पक्षको निष्कर्ष : संस्थापन पक्ष एकतर्फी ढंगले अघि बढ्न खोज्यो

कांग्रेस संस्थापनइतर पक्षको निष्कर्ष : संस्थापन पक्ष एकतर्फी ढंगले अघि बढ्न खोज्यो
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष निकालेको छ। 

शुक्रबार पूर्णबहादुर खड्का निवास काठमाडौंमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकले संस्थापन पक्ष  निरन्तर एकतर्फी ढंगले अघि बढ्न खोजेकाले अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको कांग्रेस नेता मीन विश्वकर्माले बताए। 

यद्यपि कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विमतिभित्र सहमति खोज्ने प्रयास भने जारी राख्ने बैठकको निष्कर्ष रहेको उनले बताए। उनले केही समय लिएर भए पनि सहमतिका लागि अधिकतम पहल गर्ने बताए। नेता विश्वकर्माले आगामी असार २२ गते सोमबारदेखि १५औँ महाधिवेशनको तयारी सम्बन्धी छलफल, संगठन विस्तार र सम्पर्कका कामहरु सम्पर्क कार्यालयबाट गर्ने निर्णय भएको जानकारी दिए।

बैठकमा नेताहरूले पार्टीभित्र भावनात्मक, सांगठनिक, वैचारिक र व्यवहारिक रूपमा पूर्ण एकता आवश्यक रहेको जोड दिएको उल्लेख गरे। बैठकले वार्ता र संवादहीनताको अवस्थालाई चिर्दै असहमतिहरूलाई पन्छाएर अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएको नेता विश्वकर्माले बताए।

उनले देशमा विधिको शासनमाथिको चुनौती, नागरिक अधिकारको संकुचन, राष्ट्रिय स्वाधीनता र अखण्डतामा देखिएका संकट तथा सत्तारुढ दलहरूका कारण उत्पन्न राजनीतिक अस्थिरतालाई सामना गर्न कांग्रेसभित्र बलियो एकता र सक्षम नेतृत्वको खाँचो रहेको धारणा राखे। 

पार्टीभित्रका आन्तरिक विवाद अन्त्य र गत निर्वाचनको पराजयको गम्भीर समीक्षा गर्नका लागि सातै प्रदेशमा भएका भेलाहरूको निष्कर्षका आधारमा छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने भन्दै उनले असार २२ गते बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.