नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न प्रयासरत छौं : अर्थमन्त्री वाग्ले

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न प्रयासरत छौं : अर्थमन्त्री वाग्ले
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट नेपाललाई बाहिर निकाल्न प्रयासरत रहेको बताएका छन् ।

शनिबार राष्ट्रियसभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलका क्रममा मन्त्री वाग्लेले समयमा नै नेपाललाई ग्रे लिस्टबाट बाहिर ननिकाले ब्ल्याक लिष्टमा पर्न सक्नेतर्फ सरकार सहज रहेको समेत बताए ।

उनले वर्तमान सरकार गठन भएपछि एफएटीएफका १५ वटा कार्ययोजनामा निकै प्रगति भएको समेत धारणा राखे । सम्पत्ति शुद्धिकरण जस्तो शक्तिशाली ऐनलाई राजनैतिक अभीष्टका लागि दुरुपयोग गरिएमा ग्रे लिस्टबाट बाहिर निस्कने सम्भावना झन क्षिण हुने भएकाले सरकार यस विषयमा विशेष सतर्क रहेको उनले बताए ।  बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.