कीर्तिपुरस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको बिचल्ली (तस्बिरहरू)
काठमाडौं : शुक्रबार राति काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा परेको भारी वर्षाका कारण बागमती नदीमा बहाव बढेपछि कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ ।
होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गा प्रयोग गरेर केही सामान बाहिर निकालेका छन् ,भने बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि सुकुम्बासीहरु ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् । यद्यपि, अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन् ।
उक्त क्षेत्र अहिले पनि पूर्ण रूपमा जलमग्न रहेका कारण स्थानीय बासिन्दाले आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न पाएका छैनन् ।घटनास्थलमा सुरक्षाकर्मी डुङ्गासहित उद्धार कार्य गरिरहेका छन् ।






प्रतिक्रिया दिनुहोस !