इसिम खोलाको बाढीले बगाउँदा दुई श्रमिक बेपत्ता

इसिम खोलाको बाढीले बगाउँदा दुई श्रमिक बेपत्ता
सुन्नुहोस्

धादिङ : धादिङको रुबी भ्याली गाउँपालिकामा बाढीले बगाउँदा दुई जना श्रमिक बेपत्ता भएका छन् । इसिम खोलामा आएको आकस्मिक बाढीले उनीहरूलाई बगाएको हो । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ को बीचमा पर्ने इसिम खोलामा आएको बाढीले निर्माणाधीन सुपर आँखुखोला जलविद्युत् आयोजना नजिकै काम गरिरहेका दुई श्रमिकलाई बगाएको स्थानीयले बताएका छन् ।

बेपत्ता हुनेमा डडेलधुरा अजयमेरु गाउँपालिका–३ का ४१ वर्षीय रमेशबहादुर पाण्डे र रौतहट समानपुर गाउँपालिका–५ का ३२ वर्षीय नबी हुसेन मन्सुरी रहेका छन् । स्थानीय सुमन घलेका अनुसार अविरल वर्षापछि इसिम खोलामा पानीको बहाव एक्कासी बढ्दा उनीहरू खोला तर्ने क्रममा बाढीमा परेका हुन् ।

घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी तथा सम्बन्धित निकायले बेपत्ता दुवै श्रमिकको खोजी कार्य तीव्र पारेका छन् । दुवै श्रमिकको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यसैबीच वडा नम्बर ५ र ६ जोड्ने मुख्य पैदलमार्गमा गएको पहिरोले स्थानीयको आवतजावत समेत जोखिमपूर्ण बनेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.