महानगरले गणेशकाे परिवारलाई रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने
काठमाडौं : महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ।
महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई रोजगारी र शिक्षा दिनेबारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको छ। ‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ,’ महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
असार २५ गते राहदानी विभाग अगाडि नगर प्रहरीले ह्विल लक लगाएपछि भएको विवादमा नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस !