सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो
सुन्नुहोस्

काठमाडौं : साताको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा अडिएको छ।

यसदिन ३८३ वटा स्क्रिप्सको १ करोड ८२ लाख ९३ हजार ५२६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख २८ हजार ४३२ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब ४६ करोड मूल्य बराबरको कारोबार भएको थियो।  यसदिन ऋणपत्रहरूको कारोबार रकम वृद्धि भएको छ।

१३  समूहको उपसूचकमध्ये यसदिन १२ उपसमूहको परिसूचक बढेका छन्।  व्यापार समूहको उपसूचक सर्वाधिक १.४७ प्रतिशतले वृद्धि भएको छ।

सेयर बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरू आज ललितपुरस्थित धितोपत्र बोर्डको कार्यालय घेराउन गर्न पुगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.