अन्तर्राष्ट्रिय बजारमा आईफोन ओरालोतिर

अन्तर्राष्ट्रिय बजारमा आईफोन ओरालोतिर

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा एप्पल आईफोनको बजार घट्नेक्रम देखिएको छ। सन् २००३ देखि निमार्ण थालेर मोबाइलमा क्रान्ति ल्याउने कम्पनीले १३ वर्षमा पहिलो पटक यसरी बजार गुमाएको हो।

युरोपको बजारमा आफ्नो आधिपत्य नै जमाएको आईफोनले एक वर्षको अवधिमा २० प्रतिशत बजार अंश गुमाएको छ। २०१४ पछि पहिलो चोटी आईफोनको स्टक भ्यालु घटेर सय डलरभन्दा कम भएको छ।

घरेलु बजारमा पनि आईफोन सामसङभन्दा निकै पछि छ। हुवावेको आक्रामक बजार प्रवद्र्धनको असर पनि आईफोनको व्यापारमा परेको छ। चीनमा उत्पादित चिनियाँ र भारतीय ब्रान्डको पनि बजारमा उल्लेख्य उपस्थिति छ।

आधिकारिक बिक्रेता नियुक्त नगरी नेपालमा उल्लेख्य व्यापार गरिरहेको एप्पले केहीअघि आधिकारिक बिक्रेता पनि घोषणा गरेको थियो। तैपनि बजारमा प्रतिस्पर्धा चर्को छ। सन २०१६ को दोस्रो त्रैमासमा एप्पलको राजस्व १३ प्रतिशत घटेको छ।

'यसको प्रमुख कारण आईफोनको व्यापार घट्नु हो' कम्पनीले भनेको छ। उसले सन २०१६ को दोस्रो त्रैमासमा ५० करोड ५६ (५०.५६ बिलियन डलर) लाख डलरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ८ करोड कम हो। सन २००३ बाट व्यापार सुरुवातदेखि निरन्तर व्यापारमा छलाङ मार्दै आएको कम्पनीले पहिलो पटक यसरी व्यापार गुमाएको हो।

यो वर्ष आईफोनको बिक्री झन्डै १० लाख घटेको छ। कम्पनीले सन २०१६ को दोस्रो त्रैमासिकमा ५१ लाख २ (५१.२ मिलियन) हजार आईफोन बेचेको छ। जुन २०१५ को यही अवधिको तुलनामा १० लाख कम हो।

कम्पनीले सन २०१५ को दोस्रो त्रैमासमा ६१ लाख २ लाख (६१.२ मिलियन) आईफोन बेचेको थियो। यो वर्ष कम्पनीको त्रैमासिक नाफामा पनि कमी आएको छ। कम्पनीको त्रैमासिक नाफा १३ करोड ५ लाख डलर (१३.५ बिलियन) बाट घटेर १० करोड ५ लाख डलर (१०.५ बिलियन) मा झरेको छ।

कम्पनीले सन २०१६ को सुरुवातमानै आईफोनको मागमा कमी आएको जनाएको थियो। त्यसको असर दोस्रो त्रैमासिकमा परेको छ। आईफोन स्मार्टफोनको बिक्रीमा आएको कमीले एप्पल कम्पनीमा नै ठूलो असर परेको छ।

यसले गर्दा कम्पनीले इनोभेसनको अर्को क्षेत्रको खोज्नु पर्ने वातावरण सिर्जना भएको कम्पनीले जनाएको छ। यसरी आईफोनको बिक्री घटे पनि सर्भिसमा भने वृद्धि भएको छ। आईफोनको एप्पल स्टोरबाट डाउनलोड गर्ने, एप्पल प्ले, एप्पल म्युजिको प्रयोगमा भने २० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।


चीनमा आईफोनको व्यापार स्वाट्ट घटेका कारण कम्पनीको कुल व्यापार घटेको हो। यो वर्ष चीनमा आईफोनको बिक्री २६ प्रतिशत घट्यो। चिनियाँलाई देखाइने सामग्रीमा आधारित सर्भरमा भण्डारण गर्नुपर्ने गरी चीनको इन्टरनेट कानुन लागू भएपछि आईफोनलाई धक्का लागेको हो।

आईफोनको आफ्नै मेलल्यान्ड छ। साथै बढ्दो डलरको भाउलाई पनि आईफोनको बिक्रीमा कमी आउनुको अर्को कारण हो। डलरको भाउ बढ्दा आईफोन महँगो भयो। अर्को कारणका रूपमा आईफोन र एफबीआई सँगको केषलाई पनि लिइएको छ।

पाकिस्तानी मूलका एक अमेरिकी र उनका छिमेकीले सन् २०११ र १२ मा अमेरिकाको क्यालिफोर्नियास्थित एउटा माध्यमिक विद्यालयमा गरेको आक्रमणमा प्रयोग गरिएको आईफोन ह्याकका सफ्टवेयर निमार्णका लागि आईफोनसँग आग्रह गरेको थियो।

कम्पनीले आईफोन कसैले पनि ह्याक गर्न नसक्ने भन्दै त्यसलाई अस्विकार गर्यो। तर एफबीआईले एप्पललाई गतल सावित गर्दै आईफोन ह्याक गर्यो र आतङ्ककारीलाई समाउन सफल भयो। यसले पनि ग्राहकको आईफोनप्रतिको विश्वासमा कमी आएको अनुमान गरिँदैछ।

आईफोनले यसरी गुमाउँदै गएको बजारलाई लिएर कतिपयले हार्डवएर निमार्णको स्वर्ण युगको अन्त्य भएको जनाएका छन्। सन २००३ मा आएफोनको निमार्ण हुँदा हार्डवेयर निमार्णको दुनियाँमा स्वर्ण युगको विकासका रूपमा लिइएको थियो।

उत्कृष्ट हार्डवेयर निमार्णको निरन्तरतामा आईफोनले एप्पल वाचको निमार्ण गर्यो। त्यस पछिको समयमा भने हार्डवेयर निमार्णमा कुनै ठूलो सफलता हात पर्न सकेको छैन्। विज्ञले स्मार्टफोनको बजार बिन्दु यो भन्दामाथि नरहेको बताउँछन्।

उनीहरूका अनुसार स्मार्टफोनको बजार एउटा बिन्दुमा पुगिसकेको छ र अब त्यो भन्दा माथि अर्को बिन्दु छैन। पछिल्लो समय स्मार्टफोन कम्पनीले निमार्ण गरेको फोनलाई मध्यनजर गर्दा विज्ञको यो भनाइ गलत छैन।

अहिले बजारमा एकपछि अर्को स्मार्टफोन आए पनि तात्विक फरक भेटिन छाडेको छ। पछिल्लो समय आएका स्मार्टफोनमा पहिलेको तुलनामा स्क्रिनको साइज बढाउने, मेमोरी बढाउने, बनावटमा केही हेरफेर गर्ने, र्याम बढाउने भन्दा अन्य ठूलो परिवर्तन पाइँदैन्।

आईफोनले २०१६ मा मात्र कम्पनीकै सबैभन्दा सस्तो फोनका रूपमा '५ एसई' ल्याएको छ। भारत लागायत तेस्रो विश्वका ठूला बजारका लागि ल्याइएको यो आईफोनले व्यापारमा केही मद्दत गर्नसक्ने आकलन गरिएको छ।

उसले आफ्नो बजार विस्तारका लागि विकसित राष्ट्रमा आफ्नै ब्रान्ड स्टोरको निमार्ण गर्ने समेत योजना बनाइरहेको छ। बजार बिस्तार कै विषयमा एप्पल कम्पनीका लगानीकर्ता डेनियल आइभ्सले नयाँ स्थानमा आफ्नो बजार विस्तार गर्न त्यहाँको एउटा कुनै प्रख्यात ब्रान्डलाई आफ्नो कम्पनीमा गाभ्न÷अधिग्रहण गर्न पर्ने बताएका छन्।

आईफोनले गुमाएको बजारको विषयलाई लिएर माइक्रोसफ्टाका पूर्वसीईओ स्टेभेन बलमेरले 'आईफोनमा राम्रो इमेल सिस्टम नभएकाले मानिस बिस्तारै ब्याकबेरीतर्फ मोडिन सक्ने संकेत गरेका छन्। तर आईफोनले आगामी दिनमा बजारमा ल्याउन तयार गरिरहेको आईफोन ७ बिना हेडफोन ज्याक आउने आँकालन गरिएको छ।

यसले आईफोनको बजारलाई माथि उठ्न मद्दत गर्ने देखिन्छ। तर, यसले हेडफोन निमार्ण कर्ताले आफ्नो बजारबारे भने सोच्नु पर्ने हुन सक्छ। इन्फोयुरोपको बजारमा आफ्नो आधिपत्य नै जमाएको आईफोनले एक वर्षको अवधिमा २० प्रतिशत बजार अंश गुमाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.