उखु किसानबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

उखु किसानबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहटः श्रीराम सुगर मिल गरुडाले उखु किने वापतको ९० करोड रुपैयाँ भुक्तानी नदिएपछि बारा, सर्लाही र रौतहटका किसानहरु आन्दोलित भएका छन् ।

तीन वर्षको ९० करोड रुपैयाँ मिलले नतिरेपछि आन्दोलिनत किसानहरुले शनिबार दिउँसो १ बजेदेखि ३ बजेसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

करिब ३ सयको संख्यामा रहेका तीन जिल्लाका उखु किसानहरुले मिल सञ्चालक दिवाकर गोल्छाको पुत्ला र उखुसहित चन्द्रनिगाहपुरस्थित मूख्य चोकमा बसेर राजमार्ग अवरुद्ध गरेका हुन् ।

साना किसानहरु राजमार्गमै धर्ना बसेपछि यहाँ करिब एक सय गाडीका हजारौं यात्रु अलपत्र परेका छन् ।

 

सञ्चालक गोल्छासँग पटक पटक छलफल गर्दा रकम भुक्तानी दिने भने पनि झुक्याएकाले बाध्य भएर आन्दोलित हुनुपरेको उखु किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

किसानहरुले यसअघि दुई दिन चन्द्रनिगाहपुर–गौर सडक खण्डको गरुडामा चक्काजाम गरेका थिए ।

लामो समयदेखि रकम भुक्तानी पाउन माग गर्दा पनि माग सुनुवाइ नगरेपछि बाध्य भएर सडकमा उत्रेको अध्यक्ष यादवले जानकारी दिए ।

उखु किसानहरुले आफूहरुको रकम भुक्तानी पाउनका लागि आइतबारबाट गोल्छा हाउस काठमाडौंमा रिले अनशन बस्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.