इङ्ल्यान्ड वा बेल्जियमले जितोस्

इङ्ल्यान्ड वा बेल्जियमले जितोस्

समीरबहादुर सिंह

युरोकपका सबै खेल राम्रोसँग हेर्न पाएको छैन । राम्रा टोलीको खेल भने हेर्ने गरेको छु । अहिले ब्याडमिन्टन प्रतियोगिताहरू चलिरहेकाले चाहेर पनि रातिको खेल हेर्न पाएको छैन ।

अहिलेसम्म खेल हेर्दा बलिया राष्ट्रकै दबदबा देखिन्छ । पहिलो चरणको खेल जारी रहेकाले अहिले नै युरोकप विजेताको अनुमान लगाउन हतार होलाजस्तो लाग्छ । म ब्याडमिन्टन खेलाडी भए पनि फुटबल मेरो मनपर्ने खेल हो।

विश्वकपमा म सधैं नेदरल्यान्डको पक्षमा हुन्छु । युरोकपमा नेदरल्यान्ड नभएकाले इङ्ल्यान्ड र बेल्जियमलाई समर्थन गरेको छु । क्वार्टरफाइनलदेखि भने सबै खेल हेर्ने सोचाइ बनाएको छु ।

विश्वकप होस् वा युरोकप, इङ्ल्यान्ड सदाबहार टोली हो । इङ्ल्यान्डको खेल्नै शैली राम्रो लाग्छ । इङ्ल्यान्डको टोलीमा जुझारु खेलाडी छन् । इङ्ल्यान्डको टिम भावना पनि प्रशंसनीय लाग्छ ।

बेल्जियमले पनि रामै खेलिरहेको छ । जर्मनी र फ्रान्सले पनि राम्रो खेलिरहेका छन् । जर्मनी पनि सदाबहार र सन्तुलित टोली हो । जर्मन टोलीका खेलाडीमा टिम स्पिरिट बलियो छ ।

व्यक्तिगत रूपमा सबै खेलाडी राम्रा छन् । युवा र अनुभवी खेलाडीको समि श्रण भएकाले पनि जर्मन टोली उत्कृष्ट देखिन्छ । मेरो विचारमा युरोकप इङ्ल्यान्ड, बेल्जियम, जर्मनी र फ्रान्समध्ये एउटाले जित्न सक्छ ।

विश्वकप विजेता जर्मनीको खेल्ने कला आक्रामक शैलीको छ । यसैगरी फ्रान्सले पनि आकर्षक फुटबल खेलिरहेको छ । समूहगत चरणमा चेक गणतन्त्र र स्पेनले पनि राम्रो खेलेको देख्छु ।

स्पेनको प्रदर्शन पनि कमजोर छैन । साबिक विजेता भएकाले स्पेनको पनि मनोबल उच्च रहनु स्वाभाविक हो । आयोजक राष्ट्र भएकाले फ्रान्सको पनि सम्भावना छ ।

फ्रान्सको बलियो पक्ष भनेको घरेलु मैदान र समर्थक पनि हुन् । तर म इङ्ल्यान्ड वा बेल्जियमले नै यो युरोकप जितोस् भन्ने चाहन्छु । (ब्याडमिन्टनका पूर्वखेलाडी समीरसँग गरिएको कुराकानीमा आधारित ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.