प्राविधिक एसएलसीको नतिजा सार्वजनिक

प्राविधिक एसएलसीको नतिजा सार्वजनिक

काठमाडौंः परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारबाट एसएलसी दिएका परीक्षार्थीको नतिजा बुधबार सार्वजनक गरेको छ ।

सामान्य र प्राविधिक दुवै धारको परीक्षा एकै मितिमा सञ्चालन भएको भएपनि प्राविधिकमा धेरै तयारी गर्नुपर्ने भएकोले केही समय ढिलो भएको पनिकाले जनाएको छ ।

परीक्षा गत चैत १८ गते सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार परीक्षामा नियमित र एक्जाम्टेड गरेर तीन हजार दुई सय २६ जना सहभागी थिए ।

यी परीक्षार्थीको नतिजा पनि ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । एक हजार एक सय ९६ जना विद्यार्थीले जीपीए दुई दशमलव आठदेखि तीन दशमलव ६४ ल्याएका छन् ।

त्यस्तै जीपीए तीन दशमलव ६ देखि चारसम्म ल्याउने विद्यार्थी संख्या दुई सय रहेको छ । जीपीए तीन दशमलव दुईदेखि तीन दशमलव ६ भन्दा कम ल्याउने विद्यार्थी संख्या सात सय चार रहेका छन् ।

 

जीपीए दुई दशमलव चारदेखि दुई दशमलव आठ भन्दा कम ल्याउने विद्यार्थी संख्या आठ सय ६१, जीपीए दुईदेखि दुई दशमलव चार भन्दा कम ल्याउने विद्यार्थी संख्या दुई सय १८ जना, जीपीए एक दशमलव ६ देखि दुई भन्दा कम ल्याउने विद्यार्थी संख्या २७ र जीपीए एक दशमलव दुई देखि एक दशमलव ५ सम्म ल्याउने विद्यार्थी संखया एक रहेको पनिकाले जनाएको छ ।

परीक्षामा कम उमेर भएका कारण एक जना, थ्योरी मिसिङ दुई जना र फाराम भरेर पनि परीक्षामा सहभागी नभएका विद्यार्थी ३१ जना रहेका छन् ।

परीक्षामा नियमिततर्फ तीन हजार दुइ सय २३ तथा एक्जाम्टेडतर्फ तीनजना सहभागी थिए । परीक्षामा मुलुकभरका एक सय एक वटा प्राविधिक धारका विद्यालयका विद्यार्थी सहभागी थिए ।

प्राविधिक धारका विद्यालयबाट एसएलसीमा सहभागी भएको यो दोस्रो पटक हो । प्राविधिक धारका विद्यार्थीको नतिजा भने गत वर्षपनि ग्रेडिङ प्रणालीमा सावर्वजनिक गरिदैं आएको छ । सामान्य धारका विद्यार्थीको नतिजा पनिकाले एक साताअघि सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.