भ्रष्टाचारविरुद्ध गुलाबको फूल अभियान

भ्रष्टाचारविरुद्ध गुलाबको फूल अभियान

गौरः जिल्लामा अनियमितता र भष्ट्राचार बढेपछि आमनागरीक पीडित बन्दै आएको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने उदेश्यले युवाहरुले गुलाबको फुल वितरण अभियान थालेका छन ।

रौतहटमा सुशासनको अवस्था कमजोर बन्दै गएको भन्दै युवाहरुको समुहले सदरमुकाम गौरस्थित सरकारी कार्यालय, राजनीतिक दलका नेता तथा प्रतिनिधि, नागरिक समाज अगुवा र सञ्चारकर्मीहरुलाई गुलावको फुल प्रदान गरेका छन् ।

स्थानीय निकाय लगाएत अन्य सरकारी, सार्वजनीक संघसस्थाहरुबाट जनतालाई दिनुपर्ने सेवादेखि विकास निर्माणको काम अपारदर्शी हुने गरेको गुनासो जिल्लामा आउन थालेपछि युवाहरुले यस्तो अभियान थालेका हुन् ।

 

युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितीको कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय लगाएतका सहकारी कार्यालयका साथै नागरिक समाजका अगुवा, नेपाल पत्रकार महासंघका पदाधिकारी र राजनीतिक दलका नेताहरुलाई फूल दिँदै अभियानलाई सहयोग गरी जिल्लाको विकासलाई तीव्रगतिमा लैजान आग्रह समेत गरेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले सदाचार स्थापित गर्न थालिएको यस प्रयासले सफलता पाउने बताएका छन् ।

सरकारी कार्यालय तथा अन्य संघसस्थाबाट दिइने सेवा चुस्तदुरुस्त, पारदर्शी र नागरिकहरुमा सचेतना जागोस भन्ने उदेश्यले बुधवारदेखि गौरमा फूल दिने अभियान सञ्चालन गरेको अभियानमा सहभागी युवा धर्मेन्द्र कुमार साहले बताए ।

भ्रष्टाचार, अनियमितता, दण्डहीनता, ढिलासुस्ती र नागरिकले भोग्नुपरेको समस्याबाट आमनागरिक पीडित बनेको अभियानमा सहभागी युवाहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.