बसले किच्दा युवाको ज्यान गयो

बसले किच्दा युवाको ज्यान गयो

जनकपुरः धनुषाको सुगानिकासमा विहीबार बसले किच्दा एक पैदल यात्रुको मृत्यु भएको छ ।

सुगानिकास–६ निवासी चलित्तर मण्डलका छोरा २६ वर्षीय राकेश मण्डललाई ज १ ख ४९० नम्बरको बसले किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुगानिकासका सई शम्भुप्रसाद चौधरीले जानकारी दिए ।

गाउँको चोकमा मुरही कचरी पसल चलाएका मण्डललाई पसल अगाडि नै बसले ठक्कर दिएर किचेको प्रहरीले जनाएको छ ।

मण्डलको शव बसको चक्कामा परेर क्षतविक्षत भएको थियो । शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.