नेपाली भाषामै भाइबरको स्टिकर

नेपाली भाषामै भाइबरको स्टिकर

काठमाडौंः विश्वचर्चित मोबाइल म्यासेजिङ एप भाइबरले नेपाली भाषामै स्टिकर ल्याएको छ ।

नेपालमा बजार विस्तारलाई प्राथमिकतामा राखेको भाइबरले टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि नेपाली भाषामै पहिलो स्टिकर प्याकको बिहीबार सार्वजानिक गरेको छ ।

भाइबरले नेपाली भाषामा सार्वजानिक गरेको स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गर्नुका साथै आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवकारुपमा मनाउने सन्दर्भमा १० हजार बराबरको स्टिकरको प्याक निःशुल्क उपलब्ध गराएको थियो ।

भाइबरलाई भविष्यमा नेपालमा एक बृहत् डिजिटल सञ्चार एप्स्कारुपमा स्थापित गर्ने लक्षको लिइएको भाइबरका दक्षिण एसियाका क्षेत्रिय प्रमुख अनुभव नैय्यरले बताएका छन् ।

उनले काठमाडौंमा भएको कार्यक्रममा कम्पनीले लगानीका लागि तयारी भइरहेको जनाउँदै यहाँ भाइबरका प्रयोगकर्ता धेरै भएकाले आफूहरु उत्साहित भएको जानकारी दिए ।

उनका अनुसार नेपालमा भाइबरको कुल प्रयोगकर्ताको झन्डै ५ प्रतिशत प्रयोगकर्ता नेपालबाट रहेका छन् । कम्पनीले अन्य मुलुकमा भाइबरमाफर्त प्रदान गरिरहेको आएइआई सेवालाई नेपालमा पनि छिटै ल्याउने जनाएको छ ।

यो सुविधाबाट भाइबरमार्फत एकठाउँ बाट अर्काे ठाउँ पैसा पठाउन र रिचार्ज जस्ता कारोबार गर्न सकिने कम्पनीले जनाएको ।

प्रयोगकर्ताले देखाएको रुचीलाई ध्यानमा राख्दै नेपालका स्थानीय सेवाप्रदायकसँग सहकार्य गरी भाइबरले अबको केही महिनामै नेपालभर सेवा विस्तार गर्र्ने योजना बनाइरहेको नैय्यरले बताएका छन् ।

भाइबरले भर्खरै मात्र सुरुगरेको पब्लिक च्याटले पनि नेपालमा राम्रै स्थान पाएको छ । पब्लिक च्याटले प्रयोगकर्तालाई सेलिब्रेटी, प्रेरक व्यक्तित्व र नयाँ ब्रान्डसँग जोड्नेछ ।

 

नेपालमा माल्भिका सुब्बा, प्रियंका कार्की, ऋचा शर्मा र नग्मा श्रेष्ठ जस्ता सेलिब्रेटी लगायत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा उपस्थिति जनाइसकेका छन् ।

कार्यक्रममा पूर्व मिस नेपाल अर्थ २०१२ नगमा श्रेष्ठले भाइबर नौलो र रमाइलो हुनुका साथै यसबाट आफ्ना विचार अद्यावधिक गर्न र विश्वसमक्ष पुर्याउन सजिलो हुने बताइन् ।

त्यस्तै नायिका ऋचा शर्माले भाइबर पब्लिक च्याटमा प्रवेश गर्न पाउँदा अत्यन्त रोमाञ्चित भएको बताएकी छिन् । उनले भाइबरको पब्लिक च्याटले ब्राण्ड र सेलिब्रेटीलाई उनका फलोअरसँग अत्यन्त नजिक बनाइराख्न मद्दत गर्ने बताइन् ।

विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता रहेको म्यासेजिङ एप भाइबरले नेपालमा लगानी गर्न पनि चासो देखाएको छ । नेपालमा मात्र ४५ लाख सूचीकृत प्रयोगकर्ताले प्रयोग गर्दै आएको म्यासेजिङ एप भाइबरले लगानीका लागि टुबोर्ग कम्पनीसँग सहकार्य गरिरहेको क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.