जापानी फुटबल एकेडेमीमा नेपाली प्रशिक्षक

जापानी फुटबल एकेडेमीमा नेपाली प्रशिक्षक

काठमाडौंः पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यावसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रूपमा अनुबन्ध गरेको हो । फनरुट्स टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो ।

फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फनरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् ।

फनरुट्समा उनी स्पोर्ट्सको विद्यार्थीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लब, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् । यी तिनै फनरुट्सका अन्तर्गतका शाखाहरू हुन् । गौचनले एकेडेमीबाट वार्षिक ५५ लाख रुपैयाँ पारि श्रमिक पाउनेछन् ।

‘यो एकेडेमीस“ग जोडिएर मैले आफ्नो स्तरलाई अझै माथि लाने अवसर पाएको छु, यस एकेडेमीमा युरोपका प्रशिक्षकहरू आउँछन् । त्यसबाहेक जापानको वरिष्ठ प्रशिक्षक र पूर्वखेलाडीले प्रशिक्षण दिने हुनाले मैले पनि धेरै सिक्ने अवसर पाउने छु’, गौचनले भने । एएफसीको बी लाइसेन्स प्रशिक्षक गौचनले जापानमा आफ्नो जिम्मेवारी पूरा गर्नेमा विश्वस्त रहेको पनि बताए ।

सन् २०१२ मा जर्मनीमा गौचनले ‘बी’ लाइसेन्स र युरोपियन कोर्स गरेका थिए । यसअघि उनले एफसी मावाशी फुटबल क्लबबाट दुई वर्ष स्वयम्सेवी प्रशिक्षण गरेका थिए । गौचन यसैलाई आफूअगाडि बढ्नुको कारण मान्छन् ।

उनले सन् २०१२ देखि २०१४ मा मावासीमा प्रशिक्षण दिएका थिए ।  त्यसपछि उनले जेएसीपीए फुटबल एकेडेमीमा प्रशिक्षण दिएका थिए । गौचनलाई हाल फुनरुट्सका मालिक जुन हिरानोले उक्त अवसर दिएका हुन् । पाँच महिनाअघि हिरानोलाई लिएर गौचन नेपाल आएका थिए ।

सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउँदा गौचन नेपाली टोलीका मुख्य हतियार थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.