हुण्डी कारोबारको आरोपमा दुई पक्राउ
![हुण्डी कारोबारको आरोपमा दुई पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/576e72cc4a5bc0.86154230_xwgkeJUpDl.jpg)
काठमाडौँ: हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ नौबिसेका सुवास खत्री र प्रकास खत्री छन् । उनीहरुले काठमाडौं महानगरपालिका वडा २४ फसिकेवस्थित सुमन सुवास टेड्रिङमा अवैध रुपमा हुण्डीको कारोबार गरिरहेको आरोप प्रहरीको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाले हुण्डी कारोबारको सूचना पाएपछि अनुसन्धान थालेको थियो । प्रहरीले उनीहरुबाट ३६ लाख रुपैंया बरामद गरेको छ । खत्री द्वयले चीनका कारोबारीसँग मिलेर हुण्डीको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)