बनाएको एक महिनामै भत्कियो सिनामंगल सडक
![बनाएको एक महिनामै भत्कियो सिनामंगल सडक](https://annapurnapost.prixacdn.net/media/albums/576ea152d7a5a1.73893328_ajnuCGrXJs.jpg)
काठमाडौँ: मध्यवर्षाको सिजनमा विभिन्न तीन कम्पनीले बनाएको सिनामंगलस्थित सडक एक महिनामै भत्किएको छ।
बागमती पुलदेखि सिनामंगल चोकसम्मको आठ सय ५० मिटर सडक बनाएको एक महिनामै भत्किएपछि सर्वसाधारण आक्रोशित भएका छन्।
बिरुवा कन्ट्रक्सन, लामा विल्डरस् र च्याङजिला जेबीले बनाएको सडक एक महिना बित्न नपाउँदै भत्किएको हो।
उपत्यका सडक विस्तार आयोजना प्रमुख मनोजकुमार श्रेष्ठ, इन्जिनियर शैलेन्द्र शर्मा र उमेश सुवेदीको निगरानीमा बनेको सडक महिना दिनमै भत्किएको स्थानीयको गुनासो छ।
सिनामंगलका स्थानीयबासीले सडक विस्तारको क्रममा लापरबाही भएको बताएका छन् । सडक निर्माणकै क्रममा इन्जिनियरले अनुगमनमै लापरबाही भएको दाबी स्थानीयको छ।
एक स्थानीयले भने, 'सडक विस्तारको क्रममा कुनाकुनामा बसेर इन्जिनियरले अनुगमन गरेकाले सडक तत्काल भत्किएको छ।'
स्थानीयबासीले सडक निर्माणमा मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग गरेको, पारदर्शी अनुगमन नभएको, पानी परेकै समयमा पिच गरेको, उचित ढंगले ढल व्यवस्थापन नगरेको लगायत गुनासो गरेका छन्।
तस्बिरहरु: दिनेशविक्रम शाह
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)