भोटाहिटीस्थित ऊल हाउसमा आगलागी
![भोटाहिटीस्थित ऊल हाउसमा आगलागी](https://annapurnapost.prixacdn.net/media/albums/576f3e44ed3c87.83917395_TxqI9j2N2w.jpg)
काठमाडौंः भोटाहिटीस्थित नेपाल ऊल हाउसको शोरुममा आगलागी भएको छ । बिहान पौने आठ बजेबाट अचानक शुरु भएको आगलागीले ठूलो रुप लिएपछि नियन्त्रणमा लागि दुईवटा दमकल परिचालित गरिएको छ ।
स्वेटर र ऊनीका कपडाहरुको भण्डारन रहेको स्थानमा आगलागी हुनुको कारणबारे केही खुल्न नसकेको डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।
ऊनीका कपडाको शोरुममा बिहानै आगो लागेपछि भोटाहिटी क्षेत्रका बासिन्दा त्रसित भएका छन् । आगो निभाउन दमकलसँगै स्थानीयबासी र सुरक्षाकर्मी पनि परिचालित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)