हाम्रै नेपालमाः जुन सडकमा एउटै परिवारका सँगै यात्रा गर्दैनन्

हाम्रै नेपालमाः जुन सडकमा एउटै परिवारका सँगै यात्रा गर्दैनन्

बेलकोटः कुनै समय नुवाकोट र रसुवाको एकमात्र सडक मार्गकारुपमा रहेको पासाङल्हामु मार्गको यात्रा हाल निकै जोखिमपूर्ण बन्दै गएको छ । सो मार्ग अन्र्तगत पर्ने त्रिशूली–काठमाडौं तथा त्रिशूली–धुन्चे सडकको यात्रा कष्टप्रद र जोखिमपूर्ण बन्दै गएको छ ।

वर्षातको समयमा त यी दुवै सडक मार्गमा यात्रा गर्ने हजारौँ यात्रुहरु भगवान पुकार्दै यात्रा गर्ने गरेका छन् । साघुँरो र धेरै घुम्तीहरु रहेको चार दशक पूरानो पासाङल्हामु मार्ग जोखिमपूर्ण बन्नुमा मर्मत, सम्भार र विस्तार हुन नसक्नु मुख्य कारण रहेको बेलकोट गाविस–७ अमारेका शम्भु तिवारीले बताए ।

सोही मार्ग हुँदै सयौँ विद्यार्थीहरु विद्यालय जाने भएका कारण भिरालो, साघुरो र जोखिमयुक्त सडकमा यात्रा गर्नै डराउने गरेको पञ्चकन्या उच्च माविका प्राचार्यसमेत रहेका तिवारीले बताए । तीन वर्षयता सो सडकमार्गमा सानाठूला दश भन्दा बढी दुर्घटना भइसकेका छन् ।

सो सडकमार्गमा दुर्घटनामा परी हालसम्म ५० जना भन्दाबढीको निधन भइसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । साँघुरो खाल्डाखुल्डी र भिरालो सडकका कारण दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

त्रिशूलीदेखि ७० किलोमिटर दूरीको पासाङल्हामु मार्गको त्रिशूली काठमाडौं सडक तत्काल मर्मत गरिनुपर्ने मदानपुरका रमेश पाण्डेले बताए । सडक जीर्ण भएकाले एउटै गाडीमा एकै परिवारका व्यक्तिहरु यात्रा पनि गर्दैनन् ।

सोही सडकबाट नुवाकोटको विभिन्न अन्नभण्डारको साथै पर्यटकीयक्षेत्र ककनीसमेत जाने भएका कारण सरकारले सडक कार्यालयमार्फत मर्मत तथा विस्तार गरी दुई लेनको बनाउनुपर्ने ककनीकी माया तामाङले बताइन् । सो सडक मार्गमा पहिरो झरेर सवारी साधन पुरिएर दुर्घटना हुने गरेको छ ।

गत वर्ष माथिबाट पहिरो आएर यात्रुबाहक वस पुरिँदा चारजनाको मृत्यु भएको थियो । सो रुटमा हाल दैनिक तीन सय भन्दाबढी बस, माइक्रोवस र मिनिबसलगायतका यातायातका साधनहरु गुड्ने गरेका छन् ।

यसका साथै पासाङल्हामु मार्गको त्रिशूली–धुन्चे सडकसमेत विभिन्न स्थानमा पहिरोले जोखिमपूर्ण बन्दै गएको छ । ४५ किलोमिटर लामो सडकमार्गको बीचमा रहेको राम्चे, ग्राङ र मुलखर्कमा स्थायी पहिरो जाने समस्याले यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

 

तीन दिनअघि मात्र स्याफ्रुवेसी–रसुवागढी सडकखण्डमा सशस्त्र प्रहरी बल रसुवाका प्रहरी नायव उपरीक्षक दर्शन गिरी चढेको पिकअप भ्यानमा टिमूरे नजिकै माथिबाट खसेको पहिरोसहितको ढुंगाले लागेको थियो । वर्षा सुरु हुनासाथ सडक मार्गमा जाने पहिरोको स्थायीरुपमा समाधानका प्रयास नगरिँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको यातायात व्यवसायी इश्वरलाल श्रेष्ठ बताउँछन् ।

त्रिशूली धुन्चे सडक खण्डको ग्राङभीरमा गत २०७२ कात्तिक १६ गते यात्रुवस दुर्घटनामा परी बस मालिकसहित ३७ यात्रुको मृत्यु भएको थियो । सो दुर्घटना साँघुरो र भीरालो सडकका कारण भएको यातायात व्यवसायीहरु बताउँछन् ।

डिभिजनल सडक कार्यालय नं. ५ नुवाकोटले पासाङल्हामु मार्गको त्रिशूली काठमाडौं तथा त्रिशूली धुन्चे सडक खण्ड विभिन्न आयोजनामार्फत मर्मत भइरहेको जनाएको छ ।

पहिलो चरणमा ककनीदेखि बालाजुसम्मको सडक विस्तार भइरहेको कार्यालय प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.