पी खरेललाई 'मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार'

पी खरेललाई  'मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार'

काठमाडौं: यस वर्षको 'मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार' त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख एवं प्राध्यापक पी खरेललाई प्रदान गरिएको छ।

मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच प्राध्यापक पी खरेललाई सम्मानपत्रसहित २५ हजारसहित सो पुस्कार प्रदान गरेका हुन्।

प्राध्यापक खरेल विगत चार दशकदेखि अनवरत रुपमा पत्रकारिता तथा आमसञ्चार शिक्षण पेशा गर्दै आएका छन्। नेपालमा पहिलो पटक वि.सं. २०३६ सालमा पाटन क्याम्पसबाट पत्रकारिता अध्ययापन सुरुवात गरेका हुन्।

पत्रकारिताको अध्ययन अध्यापनकै क्रममा वि.स. २०४६ पछि उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापनमा लागेका हुन्। यस्तै वि.सं. २०५१ सालमा सरकारबाट सञ्चालित 'द राइजिङ नेपाल' को सम्पादक भएर उनले जिम्मेवारी सम्हालिसकेका हुन्।

नेपालमा पत्रकारिता तथा आमसञ्चारको माग दिनानुदिन बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा पहिलोपटक पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग गठन गरेर प्रमुखको रुपमा सेवा गरे।

 

इतिहास विषयमा स्नातकोत्तर गरेका उनले वि.सं. २०३५ साल मा इंग्ल्याण्डबाट 'एडभान्स डिप्लो इन जर्नालिज्म' कोर्ष गरेका छन्।

उनी भन्छन्, 'पत्रकारिता अध्ययन अनुसन्धानको विषयमा हो। यसमा पत्रकारहरु सधै निरन्तर आफ्नो पेशामा लागिरहनु पर्छ।' पत्रकारितामा अहिले पनि अर्थोपार्जनका हिसाबले नेपालमा राम्रो नभएपनि विचार र विश्लेषणले सन्तुष्ट भएको उनको भनाइ छ।

उनले पत्रकारिता क्षेत्रको राजमार्गमा डोर्याएका धेरै भन्दा धेरै पत्रकार विभिन्न पत्रिका, रेडियो, टिभी लगायतका विभिन्न सञ्चारमाध्ययमा सक्षम र सबल भएर काम गरिरहेका छन्। उनी भन्छन्, 'मैले पढाएका शिष्यहरु राष्ट्रिय देखि अन्तराष्ट्रि मिडियामा अध्ययन अनुसन्धान गरिरहेका छन्। कोही मेरे सहकर्मी भएर प्राध्यापनमा छ, उनीहरु सबै पत्रकारितामा उत्कृष्टता हासिल गरेको देखेर धेरै खुसी लाग्छ। म यसमै खुसी हुन्छु।'

पत्रकारिता अध्ययन अध्यापनमै आफ्नो जीवन अर्पन गरेका खरेलका तीन हजार बढी लेख रचना विभिन्न पत्रपत्रिका/जर्नलमा प्रकाशित छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.