भूकम्पपीडितको टहरोमा पहिरो, दुई बालकको मृत्यु

भूकम्पपीडितको टहरोमा पहिरो, दुई बालकको मृत्यु

नुवाकोटः भीषण वर्षात्सँगै माथिवाट आएको पहिरोले भूकम्पपीडितको टहरो पुरिँदा नुवाकोटको पश्चिमी भेगमा वुङताङ गाविसमा एकैघरका नाबालक दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । सोही पहिरोले पुरिँदा एक बालिका घाइते भएकी छिन् ।

सदरमुकाम विदुरदेखि ३० किलोमिर पशिचममा रहेको दुर्गम बुङताङ गाविस–४ डोटाटोलमा रहेको मेघवहादुर घलेको टहरो बुधबार विहान पहिरोले पुर्दा उनका दुई छोराहरुको निधन गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृत्यु भएकाहरुमा ५ वर्षीय आशिष तामाङ र उनका दाजु १२ वर्षीय आइतराम तामाङ रहेका जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ऋषिराम कणेलले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको र घटनामा ८ वर्षीया विमला तामाङ घाइते भएकी छिन् ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मेघबहादुर तामाङको टहरोलाई विहान आठ बजे माथिवाट खसेको पहिरोले पुर्दा उनका दुई छोरोको मृत्यु भएको हो भने छोरी घाइते भएकी हुन् ।

पहिरोमा परेर एउटा भँैसी र ५ बाख्रासमेत मरेका छन् । भूकम्पले घर भत्किएपछि एकनाले जस्ताको टहरो घरमा बस्दै आएको तामाङको टहरोमाथि रहेको ढिस्को खसेर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.