अर्को कीर्तिमान नजिक रोनाल्डो

अर्को कीर्तिमान नजिक रोनाल्डो

एजेन्सीः पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो जारी युरोकप फुटबलमा अर्काे ऐतिहासिक सफलता नजिक पुगेका छन् ।

जारी प्रतियोगिताबाटै युरोकप फुटबलको लगातार चार संस्करणमा गोल गर्ने एक्ला खेलाडी बनेका रोनाल्डो युरोकप इतिहासमै सर्वाधिक गोल गर्ने एक्ला खेलाडी बन्ने कीर्तिमानको पनि नजिक पुगेका छन् ।

यद्यपि रोनाल्डोले त्यसका लागि शुक्रबार बिहान हुने पहिलो क्वार्टरफाइनल खेलमा पोल्यान्डको बलियो रक्षापंक्तिलाई चिर्नुपर्ने हुन्छ ।

रोनाल्डोलाई युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नका लागि मात्र दुई गोल आवश्यक छ । हालसम्म सर्वाधिक चार युरोकपको मुख्य प्रतिस्पर्धामा सहभागी भएका रोनाल्डोले ती सहभागितामा आठ गोल गरेका छन् ।

उनीभन्दा अगाडि फ्रान्सका मिचेल प्लाटिनी छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) का निलम्बित अध्यक्षसमेत रहेका प्लाटिनीले युरोकपको इतिहासमा नौ गोल गरेका छन् । प्लाटिनीले पाँच खेल खेल्दै नौ गोल गरेका थिए भने रोनाल्डोले आठ गोलका लागि १८ खेल खेलिसकेका छन् ।

पोल्यान्डविरुद्धको खेलमा दुई गोल गरेमा रोनाल्डो युरोकपको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् । एक गोलमात्रै गर्न सकेमा पनि उनले प्लाटिनीको कीर्तिमानसँग बराबरी गर्नेछन् ।

समूहगत चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध दुई गोल गर्दै रोनाल्डोले युरोकपमा आफ्नो गोल संख्या आठ पु¥याएका हुन् । रोनाल्डो सोही खेलपछि चारवटा युरोकपको मुख्य प्रतिस्पर्धामा गोल गर्ने एक्ला खेलाडी बनेका थिए ।

नया“ कीर्तिमानका लागि भने रोनाल्डोले निकै मेहनत गर्नुपर्नेछ । त्यसका लागि रोनाल्डोले प्रतियोगिताकै सर्वाधिक बलियो रक्षापंक्ति भएको पोल्यान्डको चुनौतीमा खरो उत्रन सक्नु पर्नेछ । क्वार्टरफाइनलसम्मको यात्रामा पोल्यान्डले चार खेलबाट मात्र एक गोल व्यहोरेको छ ।

पोल्यान्डविरुद्ध स्विट्जरल्यान्डले प्रिक्वार्टरफाइनल चरणमा एक गोल गरेको थियो । त्यसबाहेक अन्य टोलीले गोल गर्न सकेका छैनन् । पोल्यान्डले विश्व च्याम्पियन जर्मनीलाई समेत गोल गर्नबाट रोकेको थियो ।

पोल्यान्डविरुद्ध गोल गर्न सकेको अवस्थामा रोनाल्डोले व्यक्तिगत उपलब्धिमात्रै हात पार्ने छैनन्, उनले आफ्नो टोली पोर्चुगललाई समेत प्रतियोगिताको सेमिफाइनलमा पुयाउन मद्दत गर्नेछन् ।

रोनाल्डोले पनि अर्जेन्टिनी खेलाडी लियोनल मेसीले जस्तै आफ्नो देशलाई कुनै पनि ठूलो प्रतियोगिताको उपाधि दिलाउन सकेका छैनन् । तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी पाएको पोर्चुगलले जारी युरोकपमा भाग्यको साथ समेत पाउँदै आएको छ ।

समूहगत चरणमा एउटै खेलमा पनि जित हात पार्न नसकेको पोर्चुगल तेस्रो स्थानमा आउने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रिक्वार्टरफाइनलमा पुगेको थियो ।

त्यसैले यस पटक रोनाल्डोसामु व्यक्तिगत उपलब्धिका साथै देशकै लागि पनि ठूलो उपाधि दिलाउने गतिलो अवसर छ । क्वार्टरफाइनलमा पोल्यान्डलाई पराजित गर्न सकेको अवस्थामा पोर्चुगलले सेमिफाइनलमा वेल्स र बेल्जियममध्ये एकलाई प्रतिद्वन्द्वी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.