राष्ट्रिय चलचित्र पुरस्कार: दयाहाङ र नम्रता उत्कृष्ट

राष्ट्रिय चलचित्र पुरस्कार: दयाहाङ र नम्रता उत्कृष्ट

काठमाडौं: चलचित्र विकास बोर्डबाट प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कारमा यो पटक अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले बाजी मारेका छन् ।

बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने यो पुरस्कारका सात विधामा उत्कृष्ट चलचित्रकर्मीको नाम सार्वजनिक गरिएको हो ।

चलचित्र विकास बोर्डमा गरिएको स्थापना दिवस विशेष कार्यक्रममा बोर्डका अध्यक्षराजकुमार राईले जुरीबाट छनोट ७ विधाका विजेतासँगै एउटा आदिवासी चलचित्र र जुरीका तर्फबाट दिइने विशेष पुरस्कारका विजेताको नाम सार्वजनिक गरिएको हो ।

वर्ष२०७२ मा प्रदर्शित चलचित्रहरुमध्ये उत्कृष्ट चलचित्र 'पशुपतिप्रसाद' बन्न सफल भएको छ। यही चलचित्रबाट लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट ठहरिए । त्यसैगरी यही चलचित्रबाट दिपेन्द्र के खनाल उत्कृष्ट निर्देशक बन्न सफल भए ।

चलचित्र कबड्डी कबड्डीबाट दयाहाङ राई उत्कृष्ट अभिनेता बन्न सफल भएका छन् । त्यसैगरी चलचित्र क्लासिकबाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री भइन् ।

त्यसैगरी छायाँकनमा 'ड्रिम्स' का सञ्जय लामा र पुरुषोत्तम प्रधानले संयुक्तरुपमा आफ्नो पोल्टा पारे । त्यसैगरी चलचित्र 'क्लासिक' बाट सुरेन्द्र पौडेल सम्पादनमा उत्कृष्ट ठहरिए ।

आदिवासी जनजाति चलचित्रतर्फ गुरुङ भाषाको 'यम्फु देवराली' उत्कृष्ट ठरहिँदा जुरीबाट दिइने विशेष पुरस्कार नव निर्देशककारुपमा भुवन केसीले हात पारे ।

यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो अभिनेत्री बसुन्धरा भुसालले हात पारिन् । भुसाललाई ३ लाख ५१ हजार र सम्मान पत्र दिइने भएको छ ।

यी पुरस्कार साँझ राष्ट्रपति भवनमा हुने विशेष कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारीले प्रदान गर्ने कार्यक्रम छ ।

२०७२ का लागि उत्कृष्ट चलचित्र र चलचित्रकर्मी छनौटको जिम्मेवारी रमेश बुढाथोकी संयोजक रहेको निर्णायक समितिले गरेको थियो ।

अन्य निर्णायकहरुमा लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला, सुशील पौडेल र करुण थापा रहेका थिए । निर्णायक समितिले २०७२ मा प्रदर्शित चलचित्र मध्येबाट उत्कृष्टको छनौट गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.