सामाजिक सञ्जाल 'सगुन' मा लगानीको अवसर

सामाजिक सञ्जाल 'सगुन' मा लगानीको अवसर

काठमाडौं: अमेरिकामा बसोबास गरिरहेका नेपालीले सञ्चालन गरेको सामाजिक सञ्जाल सगुन डटकमले क्राउड फन्डिङअन्तर्गत पहिलो चरणमा 'प्राइभेट प्लेसमेन्ट' मार्फत बुधबारदेखि सबैलाई लगानी गर्ने अवसर खुल्ला गरेको छ।

विदेशमा बस्दै आएका नेपालीलाई पनि सगुनमा लगानीको अवसर खुलेको सगुनका संस्थापक गोविन्द गिरीले बताएका छन्।अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार अमेरिका र क्यानडामा स्थापना भएका सुरुवाती अवस्थाका (स्टार्ट अप) कम्पनीहरूले प्राइभेट प्लेसमेन्ट तथा मिनी आईपीओमार्फत विश्वभरिबाट २० लाख अमेरिकी डलरसम्म लगानी संकलन गर्न सक्छन्।

सोहीअनुरूप सगुनले पहिलो चरणमा 'प्राइभेट प्लेसमेन्ट' मार्फत पाँच लाख डलर संकलनका लागि बुधबारबाट लगानी खुला गरेको सगुन नेपालका मिडिया तथा जनसम्पर्क प्रमुख अजयबाबु शिवाकोटीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। उनका अनुसार सगुनको यस चरणमा अमेरिकन जब्स एक्टले तोकेबमोजिमका योग्य मानिसले मात्र लगानी गर्न पाउनेछन्।

प्रतिव्यक्ति न्यूनतम पाँच हजार डलरको सेयर हाल्न पाउने उनले बताए। यसअन्तर्गत ३.७५ डलर प्रतिसेयर मूल्यका चार लाख ८० हजार कित्ता निष्कासन गरिनेछ। 'कम्पनीको न्यूनतम लक्ष्यअनुसारको रकम उठ्नेबित्तिकै बन्द गरिनेछ।

यसमा सुरुमा लगानीका लागि फर्म भर्नेले पहिलो प्राथामिकता पाउँछ', शिवाकोटीले थपे। अमेरिकन जब्स एक्टअनुसार सेयर लगानी स्वीकृत गर्ने अन्तिम अधिकार गिरीसँगमात्र रहनेछ। लगानी गर्न इच्छुकले सगुनको वेबसाइटमार्फत पनि गर्न सकिनेछ। 

पहिलो चरणको प्राइभेट प्लेसमेन्ट सकिएपछि जुलाईको दोस्रो सातामा कम्पनीले मिनी आईपीओको दोस्रो चरणका लागि अमेरिकी स्टक एक्सचेन्जमा आवेदन दिने जनाएको छ। बढीमा ३ महिनाको यो प्रक्रियापछि 'मिनी आईपीओ' मार्फत 'पब्लिक प्लेसमेन्ट' को रूपमा लगानीका लागि विश्वभरि खुला गरिने सगुनले जनाएको छ। त्यसका लागि कति सेयर जारी गर्ने, प्रतिसेयरको मूल्य कति कायम गर्ने भन्ने निर्धारण त्यही समयमा हुने शिवाकोटीले बताए।


 सगुनले आयोजना गरेको पत्रकार सम्मेलनमा लगानीबारे जानकारी दिँदै। तस्बिर: अन्नपूर्ण

सन् २०१४ देखि औपचारिक रूपमा नेपालमा सुरुवात गरेको सामाजिक सञ्जाल सगुनका संस्थापक लगानीकर्ताको प्रतिसेयर मूल्य अहिले ३.७५ डलर पुगेको छ। स्थापनाको बेलामा १० हजार डलर लगानी गर्ने लगानीकर्ताको सेयरको मूल्य अहिले ७५ हजार डलर पुगेको छ।


सगुनले पहिलो चरणमा 'प्राइभेट प्लेसमेन्ट' मार्फत पाँच लाख डलर संकलनका लागि बुधबारबाट लगानी खुल्ला गरेको छ।

अहिले सगूनको मूल्य एक करोड ५० लाख डलरबराबर रहेको डेलावेयर कर्पोरेसनले तथ्यांक दिएको छ। डेलावेयर कर्पोरेसनको मूल्यांकनअनुसार आउँदो चार महिनामा कम्पनीको भ्यालु ६ करोड पुग्नेछ । यसले लगानीकर्तालाई लगानी गर्न अझ सहज हुने कम्पनीले जनाएको छ।

सगुनमा आफ्नो दैनिक काम मिलाउन 'माई डे', मुडअनुसार कुराकानी गर्न 'मुड टक', आफ्नो गोप्य कुरा सेयर गर्न 'ओपन सेक्रेट' जस्ता सुविधा छन्। सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेज आफैं हराएर जान्छ। सगुनमार्फत प्रयोगकर्ताले आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्छ।

कम्पनीले यही वर्षको अन्त्यसम्म आफ्नो सोसियल स्मार्ट कार्ड प्रयोगकर्तामाझ ल्याउने जनाएको छ । सगुनमा आफ्नो प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले निःशुल्क रूपमा स्मार्ट कार्ड पाउनेछन् । उक्त कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताले आफ्नो साथीभाइ अथवा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरी दिन सक्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.