करोडौँको चरेससहित पक्राउ युवा ९० हजारमा छुटे

करोडौँको चरेससहित पक्राउ युवा ९० हजारमा छुटे

वीरगन्जः करोडौँ मुल्य बराबारको एक क्वीन्टल चरेससहित पक्राउ परेका युवालाई जिल्ला अदालत पर्साले ९० हजार धरौटीमा रिहा गरेको छ ।

चरेशको ओसार पसार गर्ने गिरोहका मुख्य नाइके पर्साको भौराटार  गाविस ७ घर भएका विश्वेश्वर  महत्तोलाई अदालतले ९० हजार धरौटीमा रिहा गरेको हो।

प्रहरीले गत फागुन ११ गते पर्साको भौराटार ९ पटनी टोलबाट एक क्वीन्टल चरेश बरामद गरेको छ । प्रहरीले चरेश ओसार्न प्रयोग गरिएको बा ६ च ५०४ नम्बरको पिकअप भ्यान सहित भ्यानका चालक सिन्धुपाल्चोकको गाती २ घर भएका २७ बर्षीय तुलाराम तामाङलाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेका चालक तामाङले दिएको बयानका आधारमा प्रहरीले चरेश तस्करीमा संलग्न मकवानपुर मनहरीका दीलबहादुर स्याङबोलाई गत फागुन १९ गते र भारतीय कारोबारी चन्देश्वर महत्तोलाई गत बैशाख १३ गते पक्राउ गरेको थियो ।

चालक तुलाराम तथा कारोबारी दिलबहादुर र चन्देश्वरलाई जिल्ला अदालत पर्साले गत जेठ २७ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

चरेश तस्करी गिरोहका मुख्य नाइके महत्तो भने चरेश बरामद भएपछि घर छोडेर फरार भएका थिए । गत असार १ गते महत्तो अदालतमा आफै हाजीर भएपछि अदालतले उनलाइ ९० हजार रुपैया धरौटीमा रिहा गरेको हो ।

 असार १ गते अदालतका दुइ नम्बर इजलाशका न्यायधीश लक्ष्मीकृष्ण श्रेष्ठले महत्तोलाइ ९० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी त्यही दिन अदालतमा धरौटी रकम बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार ठाकुर प्रसाद खरेलले जानकारी दिए ।

 पर्साका प्रहरी उपरिक्षक श्रेष्ठले अदालतको निर्णका बारेमा आफनो कुनै पनि टिप्पणी नरहेको बताए । ‘अदालतको आदेश र फैसलाप्रति हाम्रो कुनै टिप्पणी छैन’, उनले भने, ‘अदालतको आदेश र निर्णयको हामी सम्मान गर्छौ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.