असुरक्षित यौन सम्पर्कले रुपन्देही एड्सको जोखिमा

असुरक्षित यौन सम्पर्कले रुपन्देही एड्सको जोखिमा

कृष्णप्रसाद ढकाल
भैरहवाः खुला सीमाना एवम् वैदेशिक रोजगारीमा जानेको असुरक्षित यौन सम्पर्कबाट रुपन्देही एचआइभी एड्सको जोखिममा परेको छ।

रुपन्देहीमा मात्र एचआइभी संक्रमित एक सय ६० जनाको मृत्यु भएको छ। अर्कोतर्फ जिल्लामा शहरीकरण बृद्धि भएसँगै महिला यौनकर्मीको संख्यामा वृद्धि भएको छ।

यसवर्ष ८ महिनामा तीनसय ७९ जना यौनकर्मी नयाँ फेला परेका छन्। जसमा ३ जना एचआइभी एड्स संक्रमित फेला परेका छन्।

उनीहरुसँगको यौन सम्पर्कबाट ८ जना ग्राहक र १६ जना परिवारका सदस्य संक्रमित भएको तथ्य फेला परेको रुपन्देही जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक मोतीप्रसाद पौडेलले जानकारी दिए।
 
वैदेशिक रोजगारबाट फर्केका मध्ये १९ जनामा एचआइभी एड्सको जीवाणु भेटिएको छ। काठमाडौँपछि पश्चिमी क्षेत्र एचआइभी एड्सको उच्च जोखिममा देखा परेका छन्। रुपन्देही पनि जोखीममा रहेको उनले बताए।

जिल्ला एड्स समन्वय समिति रुपन्देहीका अनुसार जिल्लामा हालसम्म पहिचान भएका एक हजार तीनसय ९६ जनामध्ये एकसय ६० जनाको ज्यान गएको हो।

संक्रमित आठ सय ५९ जनाले लुम्बिनी अञ्चल अस्पतालबाट नियमित रुपमा एआरटी सेवन गरिरहेका छन्। जिल्लामा सबैभन्दा बढी महिला संक्रमित भएका छन्।

महिला सात सय १७ जना, पुरुष पाँच सय ९३ जना, पुरुष समलिंगी ४ जना, बालक ३४ जना र बालिका ५१ जनामा संक्रमित फेला परेको निरीक्षक पौडेलले बताए।

सबैभन्दा बढी बुटवल नगरपालिका, रुद्रपुर गाविस, गजेडीमा फेला परेका छन्। एक घरका श्रीमान श्रीमती र छोरासहित तीनजना एचआइभी संक्रमित छन्।

संक्रमित ६६ जना बालबालिकाले स्वास्थ्य शिक्षा र पोषणको रुपमा जनस्वास्थ्य कार्यालयबाट मासिक एकहजार रुपैयाँ लिएका छन्।
जिल्लामा एचआइभी एड्सको निःशुल्क रक्त परीक्षण सेवा भैरहवामा जिल्ला अस्पताल, नमुना एकीकृत परिषद, परिवार नियोजन, अञ्चल अस्पतालमा उपलब्ध छ।
जिल्लामा १३ वटा संस्थाले र १८ वटा वर्थिङ सेन्टरबाट समेत एचआइभी एड्सबारे परामर्श एवम् जनचेतना फैलाउने कार्य भइरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईले बताए।

अधिकांश गृहणी महिला संक्रमणको शिकारमा परेका छन्। जिल्ला अस्पताल भैरहवामा हाल तीन सय २३ जना संक्रमितले एन्टी रेक्ट्रोल भाइरल (एआरभी)को सेवा लिइ रहेका छन्। आमा बाबुको असावधनीका कारण अनाहकमा ६६ जना बालबालिका संक्रमणको शिकार भएका छन्।

मृतक र संक्रमितको नाम सार्वजनिक गर्दा पीडितले गाउँ समाजमा दुव्र्यवहार खेप्नुपर्ने अवस्था हँदा अफ्टेरो पर्ने जिल्ला एड्स समन्वय समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.