यस्तो छ अपरेटिङ सिस्टममा लिनक्स आकर्षण

यस्तो छ अपरेटिङ सिस्टममा लिनक्स आकर्षण

अपरेटिङ सिस्टममा विन्डोजले एकछत्र राज गरिरहेका बेला त्यत्तिकै प्रभावकारी विकल्पका रूपमा आएको छ, लिनक्स। कम्प्युटर हार्डवेयर र प्रयोगकर्ताबीच तालमेल मिलाउने सफ्टवेयरलाई अपरेटिङ सिस्टम भनिन्छ।

प्रयोगकर्तादेखि केही इनपुट लिने, त्यसलाई प्रोसेस गर्ने र आउटपुट स्क्रिनमा देखाउनेदेखि डिस्कमा फाइल र फोल्डर आदि मिलाएर देखाउने तथा प्रिन्टर, इन्पुट र आउटपुट डिभाइसेसहरू कन्ट्रोल गर्ने काम अपरेटिङ सिस्टमले गर्छ।

विश्वमा सबभन्दा बडी चलाइने अपरेटिङ सिस्टम विन्डोज हो। बच्चैदेखि कम्प्युटर विषय पढाइ हुने स्कुलहरूका कम्प्युटरमा विन्डोज, विन्डोज भिस्टा, विन्डोज सेभेनजस्ता अपरेटिङ सिस्टम हालेर कम्प्युटर सिकाइन्छ। धेरैलाई विन्डोज अपरेटिङ सिस्टममा बानी बसेको हुन्छ र सजिलो पनि लाग्छ।

'विन्डोज अपरेटिङ सिस्टम' फ्री अपरेटिङ सिस्टम होइन। धेरैले बजारबाट विन्डोजको बुटएबल डीभीडी किनेर कम्प्युटरमा इन्स्टल गरी प्रयोग गर्ने गर्छन् तर यो सरासर चोरी हो। विन्डोज चलाउन अपरेटिङ सिस्टमको लाइसेन्स किन्नुपर्दा १५ देखि २० हजार रुपैयाँसम्म पर्छ।

विन्डोज अपरेटिङ सिस्टमको लाइसेन्स किन्न सकिँदैन भने पनि चिन्ता लिनु पर्दैन। अर्को अपरेटिङ सिस्टम छ जुन 'फ्री एन्ड ओपन सोर्स' हो, 'लिनक्स अपरेटिङ सिस्टम'। यो सिस्टम निःशुल्क डाउनलोड गरेर आफ्नो कम्प्युटरमा इन्स्टल गर्न सकिन्छ। सुरुमा लिनक्स चलाउन बानी नपरेकालाई गाह्रो हुनसक्छ तर चलाउँदै गएपछि प्रयोगकर्तालाई सहज लाग्दै जान्छ।

 

विन्डोजभन्दा लिनक्स अपरेटिङ सिस्टम किन राम्रो भन्ने तथ्यहरू छन्। लिनक्स चलाउँदा कम्प्युटरमा विन्डोजमा जस्तो धेरै समस्या देखिँदैन। संसारका लगभग ९० प्रतिशत सर्भरमा लिनक्स राखिएको हुन्छ।

सर्भर भनेको त्यस्तो कम्प्युटर हो जुन चौबीसै घन्टा खुला राखिनुपर्छ। एसको मतलब, त्यत्रा सर्भर ओनर र इन्जिनियरहरूको रोजाइमा लिनक्स पर्छ भने पक्कै पनि लिनक्स कम जोखिमयुक्त छ। 

विन्डोज हालेको कम्प्युटर बिनाकारण ह्याङ हुन्छ, बन्द हुन्छ अथवा विज्ञापन देखिन थाल्छ भने बुझ्न जरुरी छ-कम्प्युटरमा भाइरस लागेको छ। धेरै कम्प्युटर प्रयोगकर्ताले विन्डोज प्रयोग गर्ने भएकाले ह्याकर्सले विन्डोजलाई धेरै टार्गेट गर्ने गरेका छन्।

लिनक्सको सेक्युरिटी व्यवस्थापन पनि राम्रो छ। सिस्टमसँग सम्बन्धित कार्य गर्नुपर्‍यो भने 'एडमिन पासवोर्ड' हाल्नैपार्छ। यसका कारण लिनक्समा भाइरसले हत्तपत्त सिस्टम बिगार्न सक्दैन। 

लिनक्समा पनि भाइरस नलाग्ने होइन तर प्रयोगकर्ताको कारणले पनि हुनसक्छ, ह्याकर्सहरूले विन्डोजलाई टार्गेट गर्ने गरेको पाइएको छ। लिनक्सको सेक्युरिटी व्यवस्थापन पनि राम्रो छ। सिस्टमसँग सम्बन्धित कार्य गर्नुपर्‍यो भने 'एडमिन पासवोर्ड' हाल्नैपार्छ। यसका कारण लिनक्समा भाइरसले हत्तपत्त सिस्टम बिगार्न सक्दैन।

विन्डोज प्रयोग गर्दा हरेक कामका लागि फरकफरक सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ। तर लिनक्स इन्स्टल गर्दा आवश्यक सबै सफ्टवेयर आफैं 'पिरिइन्स्टल्ड' आउँछन्। अफिस प्याकेज, फाएर फक्स, इमेल क्लाइन्ट, इमेज एडिटर, मेसेन्जर आदि सफ्टवेयर पहिलेदेखि नै लिनक्समा हालिएको हुन्छ।

लिनक्समा, सिस्टम तथा इन्स्टल गरिएका सफ्टवेयरहरू एकैसाथ एकै क्लिकमा अपडेट गर्न सकिन्छ। तर विन्डोज्मा विन्डोज अपडेट एकातिर र बाँकी इन्स्टल गरिएका सफ्टवेयरहरू अर्कोतिर, हरेक कुरा तिनकै ठाउँमा गएर अपडेट गर्नुपर्छ। लिनक्समा एक क्लिकमा सबै थोक अपडेट गर्न मिल्ने छुट्टै मजा छ। लिनक्स ओपन सोर्स भएका कारण यसको सपोर्ट कम्युनिटी ठूलो छ।

email: [email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.