ताप्लेजुङको तामोर नदी थुनियो, स्थानीय त्रसित

ताप्लेजुङको तामोर नदी थुनियो, स्थानीय त्रसित

ताप्लेजुङः पहिरो खसेर ताप्लेजुङमा तमोर नदी थुनिएको छ । सावादिन गाविस एकमा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी थुनिए पछि तल्लो तटीय क्षेत्रका तीनवटा बजार जोखिममा परेका छन् । बिहान करिव २ बजे माथीबाट पहीरो खसेर नदी थुनिए पछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङ लगायतका तल्लो तटिय क्षेत्रका बस्ति जोखिममा परेका छन् भने स्थानियबासी बाढी आउने खतराले त्रसित भएका छन् ।

सो क्षेत्रबाट अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले थप खतरा रहेको मितलुङबासीले बताएका छन् । अहिले थुनिएको नदीले केही भाग कटान गरेर पानी बगिरहेको भए पनि खतरा कायमै रहेको प्रहरीले बताएको छ ।

मितलुङमा रहेका शिक्षक चन्द्र तामाङका अनुसार बजारको तल्लो भाग पूरै थुनेर पानी बस्तीतिर पस्न लागेको छ । नदी थुनिएर बनेको पोखरीको माथिल्लो भागबाट पानी निकासा हुन थालेपनि पहिरो झर्ने क्रम जारी रहेकाले बस्ती जोखिममा परेको उनले बताए । त्यस क्षेत्रमा २१ घरधुरी छन् ।

त्यस्तै हान्द्रुङका २५ र दोभानका ६० घर पनि उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख शैलेन्द्रकुमार यादवले हान्द्रुङ र दोभानका बासिन्दालाई सतर्क रहन खबर गरिएको जानकारी दिए । उनले मिलतुङ क्षेत्रमा प्रहरी परिचालन गरेको पनि बताए । नदी थुनिएको खबर पाउनासाथ प्रहरीको टोली सो क्षेत्रमा पुगि सकेको छ । यँहा स्थित नयाँ रणभिम गुल्मबाट नेपाली सेनाको टोली पनि जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

सतर्क रहन आग्रह

यस्तै तमोर नदी आसपासका स्थानियबासीलाई सतर्क रहन समेत आग्रह गरिएको प्रहरीले जनाएको छ । अहिले पहरो खसर थुनिएको केही भागलाई नदीले कटान गरेर बगि रहेको भए पनि थप पहिरो खस्ने भएकाले खतरा कायमै रहेको बताईएको छ ।

नदीमा विगतको तुलनामा नदीमा पानीको बहाव पनि बढेको ईलाका प्रहरी कार्यलय दोभानले जनाएको छ । यता सो क्षेत्रमा रहेको जीवन लाबुङ र दिल बहादुर लाबुङको दुई वटा घर डुवानमा परेको र जीबन लाबुङकै एक हल गोरु नदीले बगाएको प्रारम्भिक जानकारी आए पनि क्षतिको पुर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.