आगलागीका कारण घर जल्दा लमजुङमा एक जनाको मृत्यु

आगलागीका कारण घर जल्दा लमजुङमा एक जनाको मृत्यु
सुन्नुहोस्

बेसीसहर : आगलागीका कारण घर जल्दा लमजुङमा एक युवाकाे मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ भलामचौर स्थित लुकुमारी गुरूङकाे धनसार घरमा आगलागी हुँदा ४५ वर्षीय धर्ती तामाङको मृत्यु भएको हो । चितवन घर बताउने तामाङ विगत २ बर्षदेखि कामदारको रुपमा लुकुमारीकाे घरमा बस्दै आएका थिए । 

बिहिबार राती करिब ११ बजेतिर लागेको आगो स्थानीयले बिहान सवा २ बजे नियन्त्रणमा ल्याएकाे स्थानीय तेजबहादुर गुरूङले बताए ।

उनका अनुसार आगो नियन्त्रणपछि कामदार तामाङलाई खोजी गर्दा जलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । उनी सुतेकाे काेठाबाट आगलागी सुरू भएकाे देखिएकाे स्थानीयले बताएका छन् । उनी चुराेट खाने भएकाले चुराेटकाे ठुटाेबाट आगलागी भएकाे हुनसक्ने स्थानीय बताउँछन् । 

ढुङ्गा माटोले बनेको १ तले धन्सार घर आगोलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । लत्ताकपडा, पराललगायतका सामाग्री जलेकाे र क्षतिबारे आंकलन हुन बाँकी रहेकाे पीडित लुकुमारी गुरूङले बताइन्।

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.