केसीको उपचारमा चिकित्सक खटाउँदै अस्पताल

केसीको उपचारमा चिकित्सक खटाउँदै अस्पताल

काठमाडौं: त्रिवि शिक्षण अस्पताल प्रशासनले ‘आमरण अनशन' रहेका प्राध्यापक डा. गोविन्द केसीको गिरावट हुँदै गएको स्वास्थ्यमा निगरानी र आवश्यक उपचारका लागि विशेषज्ञ चिकित्सक खटाउन जिल्ला प्रशासनसमक्ष सुझावका साथ अनुमति मागेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले उक्त आसयको पत्र बुधबार जिल्ला प्रशासनसमक्ष पठाएका छन् र बिहीबारसम्म त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ । जिल्ला प्रशासनले डा. केसीलाई अनशन नगर्न र अस्पताल प्रशासनलाई अनशनमा सहयोग नगर्न दिएको निर्देशनको पृठटभूमिमा यो पत्र पठाइएको डा. महराले अन्नपूर्णसँग बताए ।

विद्यमान तनाव, डा. केसीको स्वास्थ्यबारे मानवअधिकार आयोगको चासो र उनका पक्षधर ‘रिजिडेन्ट' चिकित्सकहरूबाटै उनको स्वास्थ्य निगरानी भइरहेको अवस्था रहे तापनि आफ्ना वरिष्ठ चिकित्सकको स्वास्थ्यप्रति संवेदनशील बन्नु संस्थाको दायित्व रहेको आत्मसात् गर्दै उक्त पत्र पठाइएको प्रशासनले बताएको छ ।

 

आफू डा. केसीको स्वास्थ्यप्रति जस्तै सडकमा बसेका बिरामी र आमजनताको स्वास्थ्य अधिकारप्रति पनि संवेदनशील रहेकाले अनशनबाट कुनै किसिमले शिक्षण र स्वास्थ्य सेवा प्रभावित नहोस् भनी डा. केसीसँग फेरि पनि आग्रह गरेको डा. महराले बताए । तर बिहीबारदेखि पठनपाठनमा अवरोध पुर्‌याउने घोषणा गरेका ‘रिजिडेन्ट' चिकित्सक र चिकित्सा विद्यार्थीका कारण अस्पतालमा थप तनावको स्थिति बन्ने सम्भावना बढेपछि अस्पताल प्रशासन थप चिन्तित छ ।

‘उहाँको स्वास्थ्य खस्ने स्थिति छ । मानवीयताका हिसाबमा उहाँलाई बचाउनु हाम्रो कर्तव्य हो', गत वर्षका केही अनशनमा केसीको उपचारमा सहयोग गरेका एक चिकित्सकले अन्नपूर्णसँग भने, ‘तर उहाँका मागमा समर्थनका नाममा हुने गतिविधिले अस्पतालका र बिरामी मारमा पर्छन् भन्ने चिन्ता हामीलाई छ ।

यसबारे हामीले पटकपटक डा. केसीलाई सम्झाएका पनि थियौं ।' तर डा. केसीले आफहरूले दिएको सल्लाहविपरीत केही राजनीतिक मागसमेत उठाएकाले उनीहरूले यसपल्ट आफूलाई केसीका गतिविधिबाट बाहिर राखेका छन् । ‘कतिपय सरकारले समेत पूरा गर्न नसक्ने माग छन् ।

यस्तो बेला माग पूरा गर्ने दबाबै दिने हो भने पनि पहिले जस्तो अस्पतालको सेवा प्रभाव पार्ने गरी अनशनमा नबस्नुहोस् अन्य कुनै माध्यम अपाउनेमा सोच्नुहोस् भन्दा हाम्रो कुरा सुन्दैसुन्नु भएन', नाम खुलाउन नचाहने उनी निकट एक चिकित्सकले भने, ‘हामीलाई दुःख लागेको छ ।

अहिले अनशनको पाँच दिनमै उहाँलाई सलाइन, मोनिटर र विशेषज्ञ चिकित्सक आवश्यक परिसक्यो ।' यसअघि बुधबार बिहान राष्ट्रिय मानवअधिकार आयोगले डा. केसीको स्वास्थ्य बिग्रँदै गएको भन्दै चासो देखाउन अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको थियो । आयोगका अधिकृत दीपेन्द्र सिंहको नेतृत्वको टोलीले केसीको अवस्थाबारे जानकारी लिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.