मौद्रिक नीति जारीः सेयर र घरकर्जामा कडाई

मौद्रिक नीति जारीः सेयर र घरकर्जामा कडाई

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सेयर तथा घरजग्गा कर्जामा कडाई गर्दै आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गरेको छ।

सेयर धितोमा सुरक्षणको ६० प्रतिशतसम्म कर्जा दिने गरिएकोमा त्यसलाई ५० प्रतिशतमा झारेको छ। यस्तै रियलस्टेटमा पनि धितोको ६० प्रतिशतसम्म कर्जा दिन अहिले पाउने गरेकोमा राष्ट्र बैंकले ५० प्रतिशतसम्म झारेको छ। आवासीय घरको लागि भने यस्तो व्यवस्था ६० प्रतिशत हुनेछ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै बैंक तथा वित्तीय संस्थाले कृषि र ऊर्जामा अहिले न्यूनतम १२ प्रतिशत कर्जा लगानी गर्नुपर्ने सिमालाई बढाएर १५ प्रतिशत पुर्याएको जानकारी दिए।

यस्तै, ब्याजदरलाई स्थिरता प्रदान गर्न ब्याजदर करिडोरको घोषणापनि मौद्रिक नीतिले गरेको छ। चर्चामा रहेको लघुवित्त कम्पनीको चुक्ता पुँजीमा हालको लागि थोक कर्जा दिने लघुवित्त कम्पनीको चुक्ता पुँजी १० करोडबाट बढाएर ६० करोड पुर्याएको छ।

अन्यको हकमा संघीयता कार्यान्वयसँगै निर्णय हुने डा. नेपालले बताए। अहिले थोक कर्जा दिने लघुवित्त कम्पनी चारवटा मात्र रहेका छन्। नयाँ लघुवित्तको आवेदन लिने काम राष्ट्र बैंकले बन्द गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.