गुगल गगल्समा तस्बिरबाट जानकारी

गुगल गगल्समा तस्बिरबाट जानकारी

गुगलले विकास गरेको गुगल गगल्स एप ‘इमेज रिकोग्निसन सफ्टवेयर' हो । आफूले खिचेका फोटोलाई गुगलले आफ्नो सर्भरमा प्रोसेसिङ गरेर त्यस तस्बिरबाट निकाल्न सकिने सबै जानकारी प्रस्तुत गरिदिन्छ । यो एप एन्ड्रोइड र आईओएस दुवै मोबाइल अपरेटिङ सिस्टममा उपलब्ध छ । एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसका लागि एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

कतै घुम्न जाँदा वा कसैको घरमा कुनै प्रसिद्ध ठाउँको तस्बिर देखियो । तर त्यस ठाउँको नाम र अन्य जानकारी थाहा भएन । नाम त अरू साथीभाइलाई सोध्न सकिन्छ तर त्यो ठाउँका बारेमा जानकारी नहुन सक्छ । यस्तो अवस्थामा ‘गुगल गगल्स एप' काम लाग्छ ।

आफ्नो मोबाइलमा यो एप खोलेर सो तस्बिरको फोटो खिचेर, त्यस ठाउँको सम्पूर्ण जानकारी लिन सकिन्छ । गुगलले आफ्नो सर्भरको डेटा बेसमा त्यस ठाउँको बारेमा भएका जानकारी ‘गुगल सर्च' प्रस्तुत गर्छ ।

ठाउँको प्रयोजनमा मात्रै यो एप सीमित छैन, कुनै पनि प्रसिद्ध व्यक्तिको तस्बिर खिचेर ती व्यक्ति को हुन्, के हुन् भन्ने पनि थाहा पाउन सकिन्छ । यो एपले अप्टिकल क्यारेक्टर रिकोग्निसन् (ओसीआर) प्रविधि प्रयोग गर्छ ।

छापिइसकेका लेखहरू यदि कम्प्युटरमा टाइप गर्नुपर्नेछ भने यो एप एकदमै काम लाग्नसक्छ । कुनै किताब, पत्रिकाबाट केही वाक्य, अनुच्छेद वा कुनै प्रकारको सूची कम्प्युटरमा टाइप गर्नुपर्नेछ भने यो एपले फोटो खिचेर ‘टेक्स्ट' निकाल्न मिल्छ । यो फिचर समय बचतका लागि उपयोगी छ ।

गुगल गगल्स प्रयोग गरेर अंग्रेजी, फ्रान्सेली, इटालियन, जर्मन, स्पेनिस, रुसी, टर्की र अन्य भाषामा भएका शब्दलाई अन्य भाषामा सजिलै अनुवाद गर्न सकिन्छ । कुनै चाइनिज होटल, रेस्टुरेन्टमा जाँदा चाइनिज भाषामा लेखिएको छ र आफूलाई थाहा भएन भने गुगल गगल्स प्रयोग प्रयोग गरेर जानकारी लिन सकिन्छ । शब्दहरूको फोटो प्रोसेस गर्दा यो एपले आफैं अनुवाद गर्ने अप्सन दिन्छ ।

घन्टौं लगाएर ‘सुडुको' खेल समाधान गर्नुपर्दा समय खेर जान सक्छ । यसका लागि पनि गुगल गगल्स काम लाग्नसक्छ । ‘सुडुको'को फोटो खिचेर एपले त्यस ‘सुडुको'को फोटो प्रोसेस गरेर त्यसको समाधान आफैं गरिदिन्छ । हालसम्म ५० करोड एन्ड्रोइड प्रयोगकर्ताले यो एपको सुविधा लिइसकेका छन् ।

गुगलद्वारा निर्मित एस एपले सबै व्यक्ति, वस्तु, स्थान चिन्न नसके पनि इमेज रिकोग्निसन सफ्टवेयरमध्ये गुगल गगल्स नं. १ मानिएको छ ।

प्रस्तुती: रविन्द्र लम्साल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.