१८ वर्षमै बिहे गरेकी गायिका सुनिधि चौहानको एक वर्षमै डिभोर्स !
चर्चित गायिका सुनिधि चौहानले आफ्नो परिचय गायिकासँगै अभिनेतृका रुपमा पनि विकास गर्ने भएकी छन् ।
उनले चाँडै नै ‘प्लेइङ्ग प्रिया' नामक छोटो फिल्ममा अभिनय गर्ने भएकी छन् । उक्त फिल्मलाई आरिफ अलीले निर्देशन गर्नेछन् । फिल्ममा एक गृहिणीको कहानी समावेस गरिएको छ । जुन गृहिणी अधिकांश समय घरमा एक्लै हुन्छिन् ।
एक वर्षमै डिभोर्स !
गायिका चौहानले दुईटा बिहे गरिसकेको खबर तपाईंले थाहा नपाएको हुनसक्छ । उनले १८ वर्षकै उमेरमा कोरियोग्राफर बबी खानसँग बिहे गरेकी थिइन् । तर, त्यो विवाहबाट उनले एक वर्षमै डिभोर्स गरिन् ।
सुनिधिले एक अन्र्तवार्तामा बबीका साथ आफू खुसी रहेको, घरमा पनि सबैको माया पाएको, बुहारीको रुपमा नभई बबीको घरमा छोरीको रुपमा भित्रिएको भएपनि परिवारको अनुमति बिना गरिएको विवाहका कारण सम्बन्ध लामो समयसम्म टिकाउ नभएको उनले बताएकी थिइन् ।
सन् २००२ मा बिहे गरेकी सुनिधिको २००३ मा डिभोर्स भएको थियो । त्यसको नौ बर्षपछि उनले २०१२ मा म्युजिक डाइरेक्टर हितेश सैनिकसँग दोस्रो विवाह गरेकी थिइन ।
इन्स्टाग्राम, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा एक्टिभ रहेकी सुनिधिले १३ वर्षको उमेरबाटै गीत गाउन थालेकी हुन् । सन् १९९६ मा फिल्म ‘शस्त्र' को ‘लड्की दिवानी देखो' बोलको गीत गाएकी थिइन ।
हिन्दी मात्र नभई उर्दू, उडिया, पञ्जावी, मराठी, तमिल, तेलंगु, भोजपुरी, बंगाली, असामी, गुजराति तथा नेपाली भाषामा गीत गाउनसक्ने उनले बलिउडमा धमाका मच्चाइरहेकी छन् ।