‘सीधै विपन्न वर्ग कर्जा दिन सकिँदैन '

‘सीधै विपन्न वर्ग कर्जा दिन सकिँदैन '

काठमाडौं: नेपाल बैकर्स संघले वाणिज्य बैंकले विपन्न वर्गमा सीधै दुई प्रतिशत कर्जा दिन नसक्ने बताएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पाँच प्रतिशत अनिवार्य रूपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थामा थप कडाइ गर्दै दुई प्रतिशत रकम बैंकले सीधै प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमाथि टिप्पणी गर्दै बैकर्स संघले राष्ट्र बैंकको नीतिले लघुवित्त कम्पनी पनि समस्यामा पर्ने र वाणिज्य बैंकलाई अनुभव नभएको क्षेत्रमा जान दवाव दिएको बताएको छ । विशिष्टीकृत संस्थाले गर्ने काम बैंकले गर्न नसक्ने धारणा संघको छ ।

नेपाल बैकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले केन्द्रीय बैंकको नीतिमा विपन्न वर्गमा दुई प्रतिशत कर्जा अनिवार्य गर्नुपर्ने बाध्यकारी व्यवस्था भए पनि व्यावहारिक रूपमा सम्भव नभएको बताए । ‘विपन्न वर्गमा काम गर्ने दक्षता लघुवित्त कम्पनीको हो । यसमा वाणिज्य बैंकको दक्षता छैन',पौडेलले भने ।

राष्ट्र बैंकले पाँच प्रतिशत विपन्न वर्ग कर्जा अनिवार्य गरेकोमा बैंक तथा वित्तीय संस्थाले यस्तो रकम लघुवित्त कम्पनीलाई दिने र लघुवित्त कम्पनीले त्यो रकम विपन्न वर्गमा कर्जा दिने गरेका थिए । राष्ट्र बैंकको नीतिको लघुवित्त कम्पनीले पनि विरोध जनाएका छन् ।

 

राष्ट्र बैंकले लिएको नीतिले लघुवित्त कम्पनीको अस्थित्व नै समस्यामा पर्ने धारणा बैंकरको छ । बैकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले भने,‘पहिले वाणिज्य बैंकले मोटरसाइकल खरिदमा ऋण दिँदैनथे अहिले दिने गरेका छन् । त्यो भए पनि फाइनान्स कम्पनीले आफ्नो व्यवसायको आकार घट्यो भनेका छन् । वाणिज्य बैंकले र लघुवित्त कम्पनीले गर्ने कारोबार फरक हो ।'

यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बढाएको कृषि र ऊर्जा क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत कर्जा दिनुपर्ने व्यवस्थापनि कार्यान्वयन हुन नसक्ने बताए । अहिलेको १२ प्रतिशत पनि कार्यान्वयन हुन नसकेको अवस्था छ । नेपालमा व्यावसायिक कृषिका लागि समस्या छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पाँच प्रतिशत अनिवार्य रूपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थामा थप कडाइ गर्दै दुई प्रतिशत रकम बैंकले सीधै प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै जलविद्युत्मा विद्युत् खरिद सम्झौताका कारण कर्जामा माग छैन । पौडेलले राष्ट्र बैंकले कृषि र ऊर्जा क्षेत्रसहित उत्पादनशील क्षेत्रमा २० प्रतिशत कर्जा पुर्‌याउने नीतिमा सिमेन्ट उद्योगमा जाने कर्जा परिवर्तन नभएकोमा पनि असन्तुष्टी जनाए ।

उनले भने, ‘नेपालको औद्योगिक क्षेत्रमा प्रचुर सम्भावना भएको सिमेन्ट क्षेत्रमा जाने कर्जालाई उत्पादनमूलक क्षेत्रमा राखिएको छैन । यसको दायरा फराकिलो बनाउनुपर्ने हाम्रो माग हो ।' यस्तै संघले राष्ट्र बैंकले सहवित्तीयकरणमा जाने कर्जाको सीमा बढाएकोमा पनि असन्तुष्टी पोखेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० करोडसम्म सहवित्तीयकरणमा जाने कर्जाको सीमा बढाएर एक अर्ब पुर्‌याएको थियो । सहवित्तीयकरणमा जाने कर्जा सीमा बढाएको विषयमा भने उद्योगी तथा व्यापारीले भने स्वागत गरेका छन् । ‘कर्जाको सीमा घटाउनुपर्ने हाम्रो माग रहे पनि राष्ट्र बैंकले सहज कार्यान्वयनका लागि सीमा बढाएको छ ।

अर्कोवर्षदेखि घटाउँदै लग्ने छ भन्ने हाम्रो विश्वास छ',बैंकर्स संघका पूर्वअध्यक्ष शसिन जोशीले भने । यस्तै बैकर्स संघले मौद्रिक नीतिमार्फत घोषणा भएको ब्याजदर करिडोरलाई भने अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएको छ ।

‘हामीले विगतका वर्षदेखि माग गर्दै आएको ब्याजदर करिडोर कार्यान्वयन गर्ने घोषणा मौद्रिक नीतिले गरेको छ' ,बैकर्स संघका अध्यक्ष पौडेलले भने,‘यो अल्पकालीन ब्याजदर नियन्त्रण गर्न सहयोगी हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।' खासगरी करिडोरबाट ब्याजदर स्थिरता ल्याउन सहयोगी हुने विश्वास संघले गरेको छ ।

‘मौद्रिक नीतिको सबैभन्दा राम्रो पक्ष भनेको ब्याजदर करिडोर कार्यान्वयनमा ल्याउने घोषणा गर्नु हो',बैंकर्स संघका पूर्वअध्यक्ष जोशीले भने । राष्ट्र बैंकले आर्थिक वृद्धिदर हासिल गर्न तथा मूल्य स्थिरताका लागि लिएको नीति ठीक भएको भन्दै संघले सेयर धितो तथा मार्जिन लेन्डिङमा दिइने कर्जामा कडाइ गरेकोमा स्वागत गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.