सहरी क्षेत्रमा छिटै फोर जी सेवा सञ्चालन हुने

सहरी क्षेत्रमा छिटै फोर जी सेवा सञ्चालन हुने

काठमाडौँ: सरकारले मोबाइल प्रयोगकर्ताको सुविधाका लागि आगामी असोज(अक्टोबर) महिनापछि नेपालका प्रमुख सहरी क्षेत्रमा 'फोरजी' सेवा सञ्चालनमा ल्याउने भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा रेडियो फ्रिक्वेन्सी निर्धारण समितिका अध्यक्षसमेत रहनुभएका सूचना तथा सञ्चार मन्त्री शेरधन राईले तीन महिनापछि यो सेवा सञ्चालनमा ल्याउन प्रयास भइरहेको बताए।

सरोकारवाला तथा विज्ञसँगको छलफलमा रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति २०७३ लाई परिमार्जनसहित लागू गरिएको जानकारी दिँदै उनले अबदेखि रेडियो फ्रिक्वेन्सी सेवालाई व्यवस्थित रुपले प्रयोगमा ल्याइने र यसका लागि तटस्थताको नीति अपनाइएको पनि बताए।

वितरण भएका फ्रिक्वेन्सी कुनै पनि सेवाप्रदायक संस्थाले होल्ड गरेर राख्न नपाउने, बढी भएका फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने र प्रयोगमा आएका सेवा प्रदायक संस्था एकआपसमा गाभिन चाहे मार्गप्रशस्त गरिने बताइएको थियो।

पत्रकार भेटमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले परिमार्जित नीतिबाट सेवा प्रदायक संस्थाले एक हजार ८०० ब्यान्डमा एलटिइ÷फोरजी सेवा र ९०० ब्यान्डमा थ्रिजी सेवा सञ्चालन गर्न पाउने, ग्रामीण दूरसञ्चार कोष परिचालन गरी सबै दुर्गम ग्रामीण क्षेत्रलाई अप्टिकल फाइबरको सञ्जालमा जोडिने, यस क्षेत्रमा दोहोरो लगानीलाई निरुत्साहित गरिने जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.