एन्ड्रोइडमा फेसबुकको अफलाइन भिडियो हेर्ने सुविधा

 एन्ड्रोइडमा फेसबुकको अफलाइन भिडियो हेर्ने सुविधा

एजेन्सी: सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको सुझावलाई सकारात्मक रुपले लिँदै उसले यस्तो नयाँ फिचर ल्याउन लागेको हो।

यो सुविधा ल्याएपछि इन्टरनेट कनेक्शन कमजोर भएको विश्वका प्रयोगकर्ताले अब एन्ड्रोइडमा अफलाइन भिडियो हेर्न सक्नेछन्।

यसको लागि प्रयोगकर्ताले मेनुमा गएर सेभ भिडियो मोडलाई सेलेक्ट गरेर उक्त सुविधा लिन सक्ने फेसबुकले जनाएको छ। त्यसपछि उक्त भिडियोको फुटेज प्रयोगकर्ताको सेभ भएको डभाइसमा आउनेछ र उसले मज्जाले हेर्न सक्नेछन्।

तर प्रयोगकर्ताले यो पनि बुझ्नुपर्छ की आफूले चाहेको भिडियो मोबाइलमा डाउनलोड गर्न सकिन्छ किनकी त्यो सुविधा भने उपलब्ध हुने छैन्। फेसबुक एपमा आएको भिडियो मात्र अफलाइनमा हेर्न सक्नेछन्।

प्रयोगकर्ताहरुलाई यस्तो सुविधा दिने फेसबुक मात्र पहिलो कम्पनी भने होइन यसअघि सन् २०१४ मा यूट्युबले अफलाइन भिडियो हेर्ने फिचर भत्र्याएको थियो। उसले भित्र्याएको फिरचमा पनि मोबाइलमा हेर्न सकिन्थ्यो।

यस्तै सुविधा अहिले अमेजन प्राइम र आइओएसमा पनि राखिएको छ। उनले अब आउने हरेक नयाँ फिचर फेसबुक प्रयोगकर्तालाई प्रदान गरिरहने बताएको छ। प्रयोगकर्ताले यो सुविधा लिन फेसबुकको नयाँ एन्ड्रोइड भर्सन ८५ वा ८६ बेटा चलाउनु पर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.