सामाजिक सञ्जालमा रेकर्ड तोड्दै ‘पोकमनगो’

सामाजिक सञ्जालमा रेकर्ड तोड्दै ‘पोकमनगो’

एजेन्सीः रिलीज भएको एक सातमा टुइटरका दैनिक प्रयोकर्ताको संख्यालाई उछिनेको ‘पोकमेनगो’ले अहिले मोवाइल गेमको दुनियाँमा तहल्का मच्चाएको छ ।

अमेरिकामा मात्र एक सातको अवधिमा ९ लाख ५० हजार मानिसले यो गेम खेल्ने गरेको रिपोर्ट ‘रिकोर्ड’ ले सार्वजानिक गरेको छ। यो गेम खेल्ने क्रममा प्रयोगकर्ता हराएको समेत समाचार सार्वजनिक भएको छ ।

अमेरिकाको स्थापित कम्पनी ‘नियान्टिक’ले निमार्ण गरेको यो गेमले आइफोनको एप डाउनलोडमा समेत नयाँ रेकर्ड राखेको छ । रिलीज भएको एक सातमा यसको डाउनलोड आइफोन अन्य एप भन्दा धेरै भएको छ ।

रिलीज भएको पहिलो हप्तामा टुइटरका दैनिक प्रयोगकर्ताको संख्यालाई उछिनेको छ । साथै प्रयोगकर्ताले एपमा बिताउने समयको आधारमा समेत यसले टुइटर र ह्वाट्एपलाई पछि पारेको छ ।

सुरुमा बेलायत, अमेरिका, नेदरल्यान्ड्स, युरोपका केही मुलुकमा रिलिज भएको ‘पोकमनगो’ अहिले विश्वव्यापी हुँदै गएको छ  । दुईदिन अघिमात्र जापानमा यसको रिलीज गरिएको छ ।

नेपालमा आधिकारिक रिलीज नभए पनि डाउनलोड गरेर गेम खेल्ने प्रयोगकर्ता बढ्दै गएका छन् । सामाजिक संजालमा ‘मैले पोकमनगो डाउनलोड त गरे तर खेल्ने कसरी बुझ्न सकिन’ भन्ने धेरै भेटिन्छन् ।

नेपाल जस्तो रिलीज नभएको देशमा भने यो गेम खेल्न मजा आउने छैन । किनभने स्थानीय लोकेसनमा आधारित भएर यो गेम डिजाइन भएकाले वास्तविक लोकेसनको आधारमा पोकमनगो स्टार र टार्गेट भेटिन्न ।

यो वास्तविकतामा आधारित गेम हो । यो गेम एउटा साधारण मोबाइल गेममात्र नभएर यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग जोड्ने छ ।

प्रयोगकर्ताले प्रयोग गरेको स्मार्टफोनको लोकेसनको आधारमा क्यामरा मार्फत् यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग भेट गराइदिनेछ । गेममा प्रयोकतालाई टार्गेट दिइएको हुनेछ । टार्गेट पार गर्नको लागि प्रयोकर्ताले केही दुरी हिड्नुनै पर्ने हुन्छ । किनभने यसमा प्रयोगकर्ताले वास्तविक लोकेसनमा गएर अन्डाहरु कलेक्ट गर्नुपर्ने हुन्छ ।

यसले लोकेसनमा रहेका सार्वजनिक स्थानलाई पोकमनगो स्टोरको रुपमा राखेको छ । प्रयोगकर्ताले उक्त पोकमनगो स्टोरमा गएर अन्डा कलेक्ट गरि आफ्नो टार्गेट पुरा गर्नु पर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.