पर्यटन बोर्डको आधा बजेट प्रवद्र्धनमा

पर्यटन बोर्डको आधा बजेट प्रवद्र्धनमा

काठमाडौंः नेपाल पर्यटन बोर्डको चालू आर्थिक वर्ष २०७३/७४ को कुल बजेटको आधा प्रवद्र्धनमा खर्च गरिने भएको छ । बोर्डले नीतिगत रूपमा स्वीकृत गरिसकेको चालू आवको ९० करोड रुपैयाँको बजेटमा आधाभन्दा बढी रकम प्रवद्र्धनको क्षेत्रमा खर्च गर्ने तय भएको बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार बोर्डले मार्केटिङ तथा प्रवद्र्धनको क्षेत्रमा ४५ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ । यो बजेटमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसी वा सीएनएनमध्ये विज्ञापन बजाउन एउटामा १० करोड रुपैयाँ खर्च गरिने उल्लेख छ । नेपालका लागि प्रमुख पर्यटकीय बजार रहेका छिमेकी गन्तव्य भारत र चीनमा तीनतीन करोड रुपैयाँ खर्च गर्ने तय भएको सापकोटाले बताए । उनका अनुसार बोर्डले यी दुई छिमेकी गन्तव्यमा मिडिया क्याम्पेनिङ तथा सोसल मिडिया प्रवद्र्धन गर्न खर्च गर्नेछ ।

बोर्डले चालू आवको बजेटमा आन्तरिक भ्रमण वर्ष २०७३ लाई पनि प्राथमिकतामा राखेको छ । बोर्डले यो अभियानका लागि डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमबाट आन्तरिक गन्तव्यको प्रवद्र्धन, विकास तथा मिडिया फामट्रिपसहितका कार्यक्रम गरिने बोर्डले जानकारी दिएको छ ।

पशुपति दर्शन प्याकेजको तयारी

बोर्डले चालू आवमा हिन्दू धर्मका अनुयायीलाई दृष्टिगत गरेर पशुपति दर्शन प्याकेज ल्याउने तयारी गरेको छ । यो प्याकेज विशेष गरी भारतीय पर्यटकलाई दृष्टिगत गरेर ल्याइने भएको छ । नेपाल वायुसेवा निगम प्रयोग गरेर काठमाडौं आउने भारतीयलाई यो प्याकेजबाट आकर्षित गर्ने योजना अगाडि सारिएको सापकोटाले जानकारी दिए ।

यस्तो योजनामा निगमको प्रचारसमेत हुने, बोर्डले नेपालको प्रवद्र्धन गर्ने र पशुपतिलाई पनि केन्द्रमा राखेर कार्यक्रम गर्दा प्रभावकारी हुने अनुमान छ ।

यस्तो प्याकेजमा पशुपति क्षेत्र विकास कोष, वायुसेवा निगम र पर्यटन बोर्डको संयुक्त प्रयासमा आकर्षक पूजा प्याकेज दिन सकिने उल्लेख छ । यसरी दिइने पूजा प्याकेजमा लाग्ने पैसा छुट दिने वा अन्य सुविधा दिने भन्नेबारे छलफल बाँकी रहेको बोर्डले जानकारी दिएको छ ।

गत वर्ष ७० प्रतिशत बजेट खर्च

नेपाल पर्यटन बोर्डले गत वर्षमा विनियोजन बजेटमध्ये ७० प्रतिशत खर्च गरेको छ । यो जानकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समिसिमक्ष दिएका हुन् । उनका अनुसार बोर्डले गत आवका लागि प्रवद्र्धनात्मक बजेटतर्फ पर्यटन सम्पदा तथा विकासमा २२ करोड, बजारीकरणमा १८ करोड, प्रचारप्रचारमा १९ करोड रुपैयाँसहित ८४ करोड ८० लाख रुपैयाँको बजेट तय गरेको थियो ।

पर्यटन बोर्डले नीतिगत रूपमा स्वीकृत गरिसकेको चालू आवको ९० करोड रुपैयाँको बजेटमध्ये आधाभन्दा बढी रकम प्रवद्र्धनको क्षेत्रमा खर्च गर्ने भएको छ ।

यसमध्ये हालसम्म ७० प्रतिशत खर्च भइसकेको विवरण तयार भएको र बाँकी विवरण आउने क्रममा रहेको उनले जानकारी दिए ।गत वर्ष सञ्चालक समितिबाट स्वीकृति पाउन ढिलो भएको कारण समयमा खर्च गर्न नपाएको बोर्डले जानकारी दिएको छ । बजेट स्वीकृत हुन ढिलो हुँदा खर्च प्रभावित भएको जोशीले बताए । उनका अनुसार गत आवको बजेट गत माघमा मात्रै स्वीकृत भएको थियो ।

बोर्डलाई ६ महिनाअगाडि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिले १० लाखभन्दा कमका खुद्रे आयोजनाका नाममा बजेट विनियोजन नगर्न निर्देशन दिएको थियो । सोही निर्देशनमा केन्द्रित रहेर बोर्डले चालू आर्थिक वर्षको बजेट विनियोजन गरेको छ ।
पर्यटन बोर्डले पर्र्यटक सेवा शुल्कबाट संकलन भएको रकमबाट वार्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । नेपालमा आउने पर्यटकले फर्कने बेलामा पर्यटक सेवा शुल्क तिर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.