ग्राहकको रोजाइमा ओबी वर्ल्डफोन

ग्राहकको रोजाइमा ओबी वर्ल्डफोन

काठमाडौंः प्रविधि र बनावटको उत्कृष्ट नमुना ओबी वल्र्डफोन नेपाली बजारमा आएको केही समयमा नै ग्राहकको रोजाइमा पर्न सफल बनेको छ । अमेरिकी ह्यान्डसेट निर्माता ओबी वर्ल्डफोन ज्योति गु्रपअन्तर्गतको स्टार्क टेडिङसँगको साझेदारीमा नेपाली बजारमा एक महिनाअघि भित्रिएको हो ।

छोटो समयमै यसप्रतिको आकर्षण बढ्दै गएको स्टार्क ट्रेडिङ प्रालिका मोबाइल डिभिजन म्यानेजर कुमारप्रसाद घिमिरेले बताए । उनका अनुसार ओबी वल्र्डफोन प्रविधि र बनावटको आधारमा उत्कृष्ट नमुना हो ।

‘स्मार्टफोनमा प्रयोग गरिएको फ्लोटिङ स्क्रिन यसको आकर्षक पक्ष हो’, घिमिरेले भने, ‘यो फोन बनावट र प्रविधिलाई प्राथमिकता दिन ग्राहकलाई लक्षित गरी कम्पनीले बजारमा ल्याएको हो ।'

एप्पल कम्पनीका पूर्व सीईओ जोन स्कलेले विकसित राष्ट्रमा किफायती मूल्यमा प्रविधि र बनावटका हिसाबले उत्कृष्ट स्मार्ट फोन पुर्‍याउने लक्ष्यका साथ निर्माण गरेको यो फोनले अमेरिका, दुबईलगायतका स्थानमा राम्रो बजार लिइसकेको छ । मिड सेग्मेन्टको फोनका रूपमा बजारमा आएको ओबी वल्र्डफोन युवालाई लक्षित गरी ल्याइएको घिमिरेले बताए ।

उनका अनुसार कम्पनीले १५ देखि ३५ वर्षसम्मका ग्राहकलाई प्राथामिकता दिएको छ । अहिले नेपाली बजारमा कम्पनीले ‘एसएफ' र ‘एसजे' गरी दुई सिरिजमा तीनवटा मोडलका स्मार्ट फोन बिक्री गरिरहेको छ, जसमा एसएफ १ र एसजे १.५ रहेका छन् ।

एसएफ १ मा १६ जीबी रोम र २ जीबी र्‍याम तथा ३२ जीबी रोम र २ जीबी र्‍याम गरी दुई मोडल उपलब्ध छन् । एन्ड्रोइड ललिपप ५.०.२ अपरेटिङ सिस्टम रहेको यो फोनमा १.५ जीएचजेडको ८-कोर क्वालकम प्रोसेसर छ जसले प्रयोगकर्तालाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्नुका साथै एकैपटकमा धेरैवटा एप्ससँग घुलमिल हुने अवसर प्रदान गर्नेछ । कम्पनीका अनुसार यस फोनमा ५ इन्चको कर्निङ गोरिल्ला ग्लास ४ को डिस्प्ले छ जसले फोनलाई आकर्षक र अन्य फोनको तुलनामा फरक तुल्याएको छ ।

प्रयोगका लागि सरल र सहज यो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामरा छ जसले फोटो खिच्न रुचाउने युवालाई बढी प्रभावकारी हुने देखिन्छ । एसएफ १ मा फ्रन्ट फ्लाससहितको ५ मेगापिक्सेलको सेल्फी क्यामरा छ । कम्पनीका अनुसार फोनमा सोनीका क्यामरा लेन्स प्रयोग गरिएको छ, जसले रियल तस्बिर प्रदान गर्नेछ । यसमा प्रयोग गरिएको क्यामराले कम लाइटमा पनि उत्कृष्ट तस्बिर खिच्नेछ ।

 

दुई जीबी ‍र्‍याम र १६ जीबी रोम तथा तीन जीबी ‍र्‍याम र ३२ जीबी रोममा उपलब्ध एसएफ १ मा तीन हजार एमएएचको झिक्न नमिल्ने ब्याट्री प्रयोग गरिएको छ, जसले फोनलाई लामो समयसम्म टिक्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यसमा ‘डल्वी अडियो ७.१’ अडियो सिस्टम प्रयोग गरिएको छ, जसले गीत सुन्दा अथवा फिल्म हेर्दा प्रयोगकर्ताले छुटै आनन्द प्राप्त गर्नेछन् । फोर जी सपोर्टका साथ दुई मोडलमा उपलब्ध एसएफ १ फोनको बजार मूल्य क्रमशः २१ हजार चार सय ९९ र २६ हजार एक सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै एसजे १.५ मूल्यको आधारमा अन्य मोडलको तुलनामा सस्तो छ तर यो फोनमा प्रविधि र बनावटका आधारमा भने कुनै कमी नरहेको घिमिरेले बताए । उनका अनुसार यो फोन बजारमा १४ हजार ७ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

एन्ड्रोइड ललिपप ५.०.२ अपरेटिङ सिस्टम रहेको यस फोनमा कर्निङ ग्लास ३ भएको ५ इन्चको डिस्प्ले छ । आकर्षक बनावट रहेको यस फोनमा १.३ जीएचजेडको क्वाडकोर प्रोसेसर छ जसले फोनलाई बिनाअवरोध चल्न मद्दत गर्नेछ । ८ मेगापिक्सेलको मुख्य क्यामरा र ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको यो फोन एक जीबी ‍र्‍याम र १६ जीबी इन्टरनल मेमोरीका साथ बजारमा उपलब्ध छ जसलाई एसडी कार्डमार्फत ३२ जीबीसम्म बढाउन मिल्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ओबी वल्र्डफोनका ‘एसएफ' र ‘एसजे' सिरिजअन्तर्गत तीनवटा मोडलका स्मार्ट फोन उपलब्ध छन् ।

ओबीका फोन नेपाली बजारमा ग्राहकले यसको आकर्षक बनावटका आधारमा किन्ने गरेको घिमिरेले बताए । उनका अनुसार एउटा रेन्ज सेग्मेन्टमा मात्र फोन भएकाले अहिलै बजारमा सबैको हातहातमा पुग्न गाह्रो हुने बताए । उनका अनुसार त्यसका लागि हजार रुपैयाँदेखिको फोनको आवश्यकता पर्नेछ । कम्पनीको पहिलो प्राथमिकता भनेको गुणस्तरीय उत्पादन रहेको छ ।

त्यसैले प्रिमियम ब्रान्डको फोन खोज्ने ग्राहकले यो फोन किन्नेछन् । घिमिरेका अनुसार यो प्राइज सेग्मेन्टमा बजारमा यो फोनको प्रतिस्पर्धीका रूपमा सामसुङ र हुवावेमात्र रहेका छन् ।

कम्पनीले आगामी दिनमा नेपाली बजारलाई लक्षित गरी कम मूल्यका स्मार्ट फोन ल्याउने जनाएको छ । कम्पनीले अहिले देशभरका २२ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.