मदिरा कारोबार थप व्यवस्थित गरिदैँ

मदिरा कारोबार थप व्यवस्थित गरिदैँ

काठमाडौंः सजिलै जताततै पाइँदै आएको मदिरा खरिद गरी सजिलैसँग सेवन गर्न नपाइने व्यवस्था नेपालमा पनि कार्यान्वयनमा आउने भएको छ । मदिरा सेवनका कारण समाजमा नकारात्मक वातावरण बढेको ठहर गर्दै सरकारले मदिराको कारोबार व्यवस्थित गर्न लागेको छ । आफूखुसी खुलेका मदिरा पसल र मदिरा सेवनका कारण सामाजमा नकारात्मक प्रभाव पर्नुका साथै महिला हिंसाको घटना वृद्धि हुनुका साथै पारिवार विखण्डन भएको र युवा दुव्र्यसनीमा फसेको भन्दै सरकारले मदिरा पसल र मदिरा पानलाई व्यवस्थित गर्न लागेको हो ।

व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मदिरा उद्योग अनुमति सम्बन्धी अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदन मदिराको कारोबार थप व्यवस्थित गर्न सुझाव दिइएको छ । उपसमितिले अबदेखि मदिरा सेवन गर्ने व्यक्तिको नाम, उमेर र उपभोग गर्न पाउने क्षेत्रको तयारी गरेर मात्रै बिक्री, वितरण गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।

त्यति मात्रै होइन, उपसमितिले मदिरा वा बियर उपभोग गर्न पाउने समय र बिक्री गर्न पाइने क्षेत्र पनि निर्धारण गरेर मदिरा उपभोग नियन्त्रण र व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ । ‘यसका लागि गृह मन्त्रालयसहित अन्तरमन्त्रालयबीच समन्वय गरी तत्कालै काम थाल्नु' ,उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

यो व्यवस्थासँगै उपसमितिले मुलुकमा थप नयाँ मदिरा उद्योगको आवश्यकता नरहेको जनाएको प्रतिवेदन सार्वजनिक गरेको छ । औद्योगिक प्रवद्र्धन बोर्डले नयाँ मदिरा र बियर उत्पादन गर्ने उद्योग स्थापना गर्न पुन बाटो खुला गरेको झण्डै एक वर्षपछि समितिले गहन अध्ययन गरेर नेपालमा थप मदिरा उद्योग स्थापना गर्न आवश्यकता नरहेको औंल्याएको हो ।

यसैगरी समितिले माइक्रो ब्रुअरीको सवालमा विद्यमान ऐन, नियम, नियमनको अवस्था, फोहोर व्यवस्थापन, कर संकलन र बियर उद्योगको अवस्थाका कारण तत्कालका लागि सम्भावना नरहेकाले माइक्रो बु्रअरीसम्बन्धी सम्पूर्ण कार्यस्थगत गर्न सुझाव सरकारलाई दिएको छ । गत २०७२ असोज १ गते नै सूचना प्रकाशित गरेर बोर्डले माइक्रो बु्रअरीसहितको रेस्टुरेन्ट पर्यटन उद्योगका रूपमा वर्गीकरण गरी त्यस्ता माइक्रो बु्रअरी स्थापना गर्न बाटो खोलेको थियो ।

प्रतिवेदनमा सरकारको विद्यमान संरचनाले उद्योगको प्रभावकारी रूपमा अनुगमन हुन नसकेको औंल्याएको छ । ‘भएका उद्योगको अनुगमन हुन सकेको छैन भने माइक्रो ब्रुअरीको अनुगमन गर्न सकिँदैन । माइक्रो ब्रुअरी हालको अवस्थामा सम्भव छैन’, प्रतिवेदनमा उल्लेख छ । विद्यमान मदिरा उद्योगको अनुगमन, गुणस्तर नियन्त्रण, कर संकलनजस्ता काममा नियमन निकायको ध्यान जान आवश्यक रहेको भन्दै समितिले मदिराको उत्पादन, बिक्री र उपभोगसम्बन्धी प्रभावकारी नीतिको आवश्यकता रहेको औंल्याएको छ । यसका लागि उद्योग, गृह मन्त्रालयसहित गुणस्तर निर्धारण गर्ने निकायबीच समन्वय आवश्यक रहेको समितिको प्रतिवेदनले सुझाव दिएको छ ।

मदिरा उद्योगको अनुमति पत्र लिएर ठूलो रकमको चलखेलका आधारमा खरिदबिक्री भइरहेको पनि प्रतिवेदनमा उल्लेख छ । नेपालमा सबैभन्दा न्यूनस्तरको मदिराको अत्यधिक बिक्री वितरण भइरहेको भन्दै समितिले स्थापना भएका उद्योगमध्ये २५ प्रतिशत उद्योग पनि मापदण्डअनुसार सञ्चालनमा नरहेकाले थप नयाँ उद्योग सञ्चालन गर्न अनुमति दिन आवश्यक नभएको औंल्याएको छ ।

बोर्डले पछिल्लो पटक गत २०७२ असोज १ गते सूचना जारी गरी नयाँ मदिरा र बियर उत्पादन गर्ने उद्योग स्थापना गर्ने तथा विद्यमान मदिरा र बियर उत्पादन गर्ने उद्योगको क्षमता वृद्धि गर्न बाटो खुला गरेको थियो । समितिले मदिरा र बियरका थप उद्योग स्थापना हुँदा आउन सक्ने आम उपभोक्ताको स्वास्थमा असर, राजस्व संकलन, सामाजिक क्षतिलगायतका विषयमा गहन अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

 

सांसद अन्नतप्रसाद पौडेल संयोजक रहेको समितिले यस्तो प्रतिवेदन दिएको हो । नेपालमा हाल दर्जनौंको संख्यामा मदिरा र बियर उद्योग सञ्चालनमा रहेको अवस्थामा थप मदिरा उद्योग दर्ता गर्न बोर्डले खुला गरेको बाटो औद्योगिक ऐनको मर्म र भावनाका साथै सामाजिक जिम्मेवारी विपरीत भएकाले तत्कालै बोर्डको निर्णय सच्याउन समितिको प्रतिवेदनले सुझाव दिएको छ ।

उद्योग विभागका अनुसार ८३ वटा ठूला मदिरा र बियरका उद्योग स्थापना भएका छन् । यसै गरी घरेलु तथा साना उद्योग विभागबाट इजाजत प्राप्त गरी एक हजार चार सय ६२ को संख्यामा मदिरा, डिष्टिलरी, वाइन, साइडर र बियर उद्योग सञ्चालनमा छन् । औद्योगिक प्रवद्र्धन बोर्डको २०२ औं बैठकबाट निर्णय गराएर थप १४ वटा उद्योगले सञ्चालनका लागि अनुमति लिएका छन् । गत २०५९ सालमा अखिल क्रान्तिकारी महिला संगठनको मागमा सरकारले थप उद्योगलाई अनुमति नदिने सम्झौता गरेको थियो ।

तर २०६९ मा पुनः सरकारले यस्ता उद्योग दर्ता गर्न बाटो खुल्ला गरेको थियो । त्यो बेला ४८ वटा उद्योगलाई अनुमति दिइएकोमा २२ वटा उद्योग दर्ता भएका थिए । पाँचवटा प्रक्रियामा रहेको र तीनवटा मापदण्ड नपुगेका कारण खारेजको लागि उद्योग मन्त्रालयमा विचाराधिन अवस्थामा छ ।

न्युन कोटीको मदिरा र बियर उद्योग बाहेक मध्यम र उच्चकोटीका विद्यमान मदिरा र बियर उद्योगले पर्यटन क्षेत्रको माग धान्दै विदेशी मदिराको आयातदर प्रतिस्थापन गर्न क्षमता विस्तार गर्न चाहेमा आवश्यकता र औचित्यका आधारमा बोर्डले मार्ग प्रशस्त गरिदिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

 

समितिले मदिरा उद्योग सञ्चालन गर्न अनुमति लिएर पनि उद्योग सञ्चालन नगर्ने उद्योगको अनुमतिपत्रको अवधि समाप्त हुनासाथ तत्कालै त्यस्ता उद्योगको अनुमतिपत्र खारेज गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन पनि दिएको छ । पछिल्लो समयमा दर्ता भएका भनिएका उद्योगको विवरण जालसाजी देखिएकाले त्यस विषयमा छानबिन गर्न सुझाव दिँदै समितिले न्युन कोटीको घरेलु मदिराको उत्पादन र प्रयोगमा पनि कडाइ गर्न सरकारलाई सुझाव दिएको छ । इन्फोमदिरा सेवनका कारण समाजमा नकारात्मक वातावरण बढेको ठहर गर्दै सरकारले मदिराको कारोबार व्यवस्थित गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.