घट्यो यार्सा उत्पादन

घट्यो यार्सा उत्पादन

बझाङः बहुमुल्य बुटी यार्सा उत्पादनका लागी राम्रो मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा कम पाईन थालेका छन् ।

यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउनेहुदाँ जिल्लाको आर्थिक आम्दानीमा समेत ह्रास आएको छ । गएको ८ वर्ष बाट बझाङको हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको हो ।

हाल सम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सवै भन्दा बढी ३ क्युन्टल ७२ केजी संकलन भएको थियो । २०७० साल सम्म यार्सा संकलनको परिमाण बर्षेनी बढ्दै आएपनि पछिल्ला तिन वर्षयता भने लगातार यार्सा संकलन कम हुदै गएको छ ।

गतवर्ष ३ क्युन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ ।

पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका यार्साको छुटपुर्जी दिने कर्मचारी जगाधर जोशीले भने यसले राजश्वर र स्थानियको आम्दानीमा समेत ह्रास आएको छ ।

आईतवार सम्म यो पाली २ सय ३७ किलोको व्यपारीहरुले छुटपुर्जी लिएको छ जोशीले भने अब सकियो जस्तो छ । यार्साको कारोवारो गर्ने जिल्ला भन्दा बाहिरका व्यपारी बढी छन् ।

 

यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०।१२ लाख र यो वर्ष १४ लाखमा खरिद भई रहेको छ । काठमाण्डौका व्यपारी आएर खरिद गर्ने यार्सा उनिहरुले विदेशीहरु संग कतिमा विक्र गरेर कती फाईदा खान्छन् यो कुरा भने यहाँका संकलकहरु अनविज्ञ छन् ।

सिजनमा यार्सावाट बझाड जिल्लामा राजश्व बाहेक ५० करोडजती आम्दानी हुने गर्दछ । यो रकम सवै यहाँका संकलकहरु कमाउन्छन् । जिल्लाका उत्तरीभेगका वासिन्दाहरुको मुख्य आम्दानीको सा्रेत मानियको यार्सागुम्वा उत्पादनमा कमी आएपनि यसको संरक्षणको लागी राज्य र स्थानिय तहवाट कुनै पहल नभएको सुर्मा गाविसका दान बहादुर पुजाराले वताए ।

उनले भने दामासाही रुपमा संकलन हुन्छ कसरी कहिले संकलन गर्ने संकलनका आफ्नै अनुभव हुदाँ पनि समस्या आएको छ । यार्सा उत्पादन हुने स्थानमा हजारौ मानीसहरुको आवतजावत , प्लाष्टिक , सिकाका बोत्तल जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्नेगर्दा साथै हिमपात पनि कमहुने भएकाले यार्सा उत्पादनमा ह्रास आएको सुनिकोट रैसल्लीमा बस्ने दल बहादुर बुढाले वताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.