मोबाइल फोन उद्योगमा जेडटीईको प्रवेश

मोबाइल फोन उद्योगमा जेडटीईको प्रवेश

काठमाडौंः विश्वकै दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको सफल नेतृत्व गरिरहेको जेडटीई कर्पोरेसनले मंगलबार ब्लेड सिरिजअन्तर्गतका तीन नयाँ मोडेल सार्वजनिक गरेको छ । ती स्मार्ट फोनमा एस-६, डी-२ र डी-३ छन् । कम्पनीले जेडटीई मोबाइल फोनका यी नयाँ मोडल नेपाली बजारमा बिक्रीका लागि इभोलुसन इन्टरप्राइज प्रालि लाई आधिकारिक विक्रेता तोकेको छ ।

सुलभ मूल्यमा सबै किसिमका फिचरसहितका स्मार्ट फोन खरिद गर्न चाहने नेपाली युवाको चाहनालाई ध्यानमा राखेर नयाँ स्मार्ट फोन नेपाली बजारमा ल्याइएको इभोलुसन इन्टरप्राइजका प्रबन्ध निर्देशक विशाल आचार्यले बताए । ‘जेडटीई मोबाइललाई नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा हामीलाई खुसी लागेको छ,' आचार्यले भने, ‘उच्च प्रविधियुक्त विशेषतासहित सुलभ मूल्यमा जेडटीई ब्लेड सिरिजको स्मार्ट फोन नेपाली बजारमा आएको छ ।' फोर जी सपोर्ट गर्ने संयन्त्रसहितका यी फोन नेपाली आन्तरिक बजारमा लोकप्रिय, प्रतिस्पर्धी र स्थापित ब्रान्डका रूपमा कहलिनेमा कम्पनी विश्वस्त छ ।

ब्लेड एस-६ विश्वकै पहिलो एन्ड्रोइड-एल मोबाइल फोन हो, जुन क्वाल्कम स्नापड्रागन अक्टाकोर १.५ गिगाहर्ज प्रोसेसरसयुक्त छ । पाँच इन्चको पूर्ण एचडी डिस्प्ले र ७.७ एमएम मोटाइ रहेको एस-६ प्रयोगकर्तामैत्री पनि छ । यसमा रहेको चेन्जिङ क्यामरालाई प्रयोगकर्ताले आफ्नो अनुभवका आधारमा प्रयोग गर्न सक्नेछन् । यस फोनले १३ मेगापिक्सेल सोनी आईएमएक्स-१४ क्यामरालाई प्रोफेसनल मुडमा सपोर्ट गर्न सक्छ । त्यस्तै यसमा ५ मेगापिक्सेल फ्रन्ट क्यामरा छ । एस-६ मा २ जीबी र्‍याम र १६ जीबी रोम रहेको छ ।

२४ सय एमएएच पावरको ब्याट्री जडान गरिएको यस मोबाइल फोन सेटमा अंग्रेजी ‘भी' वर्ण कोरेपछि म्युजिक प्ले हुन्छ । त्यस्तै मोबाइललाई हल्लाएरै टर्च लाइट अन गर्न सकिन्छ । एस-६ को मूल्य १५ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै डी-२ मोडेलको जेडटीई फोनलाई ब्याट्री फोनको रूपमा चिनिन्छ । यसमा रहेको चार हजार एमएएच ब्याट्री करिब ३५ दिनसम्म अन मोडमै राखे पनि चलिरहन्छ । यसमा रहेको ब्याट्रीको क्षमताले एकपटकको फुल चार्जबाट करिब ११ घन्टा अनलाइन गेम, १८ घन्टा इन्टरनेट प्रयोग र ३५ घन्टासम्म फोनमा कुरा गर्न सकिन्छ । ७६ घन्टा म्युजिक सुन्न र १८ घन्टासम्म भिडियो हेर्न सकिन्छ ।

क्वाडकोर प्रोसेसरयुक्त यस फोनमा ५ इन्चको एचडी आईपीएस कभर्ड डिस्प्ले छ । ब्लेड डी-२ मा ८ मेगापिक्सेलको पछाडिको क्यमरा रहेको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यो फोनको नेपाली बजार मूल्य १० हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

यस्तै ब्लेड डी-३ फोन १.३ जीएचजेड क्वाडकोर प्रोसेसर युक्त छ । यो फोन ५ इन्चको एचडी आईपीएस डिस्प्लेयुक्त छ । यस फोनमा प्रोफेसनल मुडमा १३ मेगापिक्सेल क्षमतामा फ्रन्ट क्यामराले काम गर्न सक्छ । यो सेल्फी फोनका रूपमा चर्चित पनि छ । यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

क्यामरामा एक जीबी र्‍याम र ८ जीबी रोम छ । २४ सय एमएएच ब्याट्री क्षमतायुक्त यस फोनमा अटो-कल तथा अटो-एन्सरको अप्सन पनि समाविष्ट छ । यो फोनलाई कम्पनीले बजारमा १२ हजार पाँच सय रुपैयाँमा वितरण सुरु गरेको छ । नेपालमा जेडटीई मोबाइलका करिब २८ रिडिस्ट्रब्युटरबाट फोन उपलब्ध हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.