मलेसिया कामदार पठाउन खुला

मलेसिया कामदार पठाउन खुला

काठमाडौंः मलेसिया कामदार पठाउन पुनः खुला भएको छ । अगस्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको हो । अब नेपालसहित १५ वटा मुलुकबाट त्यहाँ कामदार जान पाउनेछन् । झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो । यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो । रेमिटेन्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गरेको छ ।

मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ । यसअघि १४ वटा देशलाई स्रोत मुलकमा राखिएकामा बंगलादेश थपेर १५ वटा पुर्‍याइएको हो । बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मकरूपमा घाटा हुने भएको छ । विगतमा मलेसियाले बंगलादेश बन्द गरेकै कारण नेपाली कामदारले अधिक अवसर पाएका थिए । यसअघि बंगालादेशी कामदारले विभिन्न समस्या खडा गरेको भन्दै मलेसियाले लिन रोकेको थियो ।

मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ । यसअघि १४ वटा देशलाई स्रोत मुलकमा राखिएकामा यसपटक बंगलादेश थपेर १५ वटा पुर्‍याइएको हो । बंगलादेश खुला गरेपछि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाललाई भने तुलनात्मकरूपमा घाटा हुनेछ ।


मलेसियाले विदेशी कामदार लिन खुला गरेपछि नेपाली व्यवसायीले पनि पठाउने प्रक्रिया थाल्ने भएका छन् । निःशुल्क भिसा र टिकटमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न कठिन हुने व्यवसायीको भनाइ छ । बंगलादेशले मलेसियाका एजेन्सीहरूलाई प्रतिकामदार पाँच हजार रिंगेटसम्म कमिसन दिने गरेका छन् ।
बंगलादेशले टिकट र भिसाको पैसा पनि कामदारसँगै असुल्ने भएकाले मलेसिया खुले पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको व्यवसायीको दाबी छ । नेपालले निःशुल्क टिकट र भिसामा मात्र खाडी मुलुक र मलेसियामा कामदार पठाउन पाइने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले मलेसियाले बंगलादेशलाई समेत स्रोत मुलुकमा राखेकाले नेपालले प्रतिस्पर्धा गर्न निकै कठिन हुने बताए । ‘अगस्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गरेको छ । तर अहिलेको अवस्थामा पहिलाजसरी अपेक्षाकृत ढंगले कामदार पठाउन सकिने अवस्था छैन', उनले भने ।

प्रतिस्पर्धा बढे पनि मलेसिया खुल्दा नेपालाई ठूलै राहत पुग्ने देखिन्छ । मलेसिया बन्द भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या २० प्रतिशतले ह्रास आइसकेको छ । खुला नभएको भए आगामी दिनमा थप समस्या निम्तिने प्रस्ट संकेत देखा परिसकेको थियो ।

मलेसियाले इन्डोनेसिया, म्यानमार, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्डलाई कामदार लिने स्रोत मुलुकमा राखेको छ । यसैगरी, म्यानमार, नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पनि स्रोत मुलुकमा परेका छन् । स्रोत मुलुकबाट मात्र विदेशी कामदार लिने मलेसियाको रणनीति छ ।

गैरकानुनी विदेशी कामदारको संख्या ह्वात्तै बढेपछि त्यसलाई व्यवस्थापन गर्न मलेसियाले केही लिन रोकेको थियो । नयाँ कामदार लिन बन्द गरेर अवैधलाई घर फिर्ती गराउने अभियान चलाइएको थियो । यसबीचमा थुप्रै अवैध नेपाली कामदार स्वदेश फिर्ता भइकेका छन् । मलेसियाले आफ्नो मुलुकमा २० लाखभन्दा बढी अवैध कामदार रहेको अनुमान गरेको छ । अवैध बस्ने नेपाली पनि अझै २० हजारभन्दा बढी रहेको अनुमान छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७२-७३ मा वैदेशिक रोजगारीमा जानको संख्या झन्डै एक लाख जनाले घटेको छ । संख्या बेस्सरी घट्दा यसको असर आगामी वर्षदेखि रेमिटेन्समा भारी गिरावट आउन देखिएको छ । रेमिटेन्स घट्दा त्यसले समग्र मुलुकको अर्थतन्त्रमा जोखिम पैदा गर्ने अवस्था आउँछ । पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रमा रेमिटेन्सको हिस्सा करिब ३० प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षमा रमेटेन्स आयको वृद्धिदर खुम्चिएको छ । अघिल्लो आव २०७१-७२ मा रेमिटेन्स वृद्धिदर १२.४ प्रतिशत रहेकामा आव २०७२-७३ मा वृद्धि दर जम्मा ८.६ प्रतिशतमात्र छ । भर्खरै सकिएको आर्थिक वर्षको ११ महिनामा कुल पाँख खर्ब ९८ अर्ब ९५ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकको अध्ययनले पनि आगामी वर्षदेखि रेमिटेन्स वृद्धिर खुम्चिने देखाएको छ । वैदेशिक रोजगारीमा ४३ लाखभन्दा बढी नेपाली सरकारको अनुमति लिएर गइसकेका छन् ।

वैदेशिक रोजगारीमा जाने घट्दा आन्तरिक रोजगारीको बजारमा पनि बेस्सरी चाप छ । वार्षिक श्रम बजारमा पाँच लाख युवा आउँछन् । तर आन्तरिक बजारमा मुस्किलले ५० हजार जनाले नयाँ कामको अवसर पाउन सक्छन् । बाँकी जनशक्तिलाई काम दिने कुनै पनि योजना सरकारसँग छैन । सरकारले नयाँ रोजगारी गन्तव्य खोजी पनि गर्न सकेको छैन ।

खाडी र मलेसिया जाने कामदारको संख्यामा कमी आउँदा त्यसको सम्रग असर वैदेशिक रोजगारीमा देखिएको हो । मलेसियामा जाने कामदार घट्दा हामीलाई सबैभन्दा बढी असर पर्छ । वार्षिक ६ खर्ब हाराहारीमा रेमिटेन्स आउने गरेकमा मलेसियाको मात्रै ३० देखि ४० प्रतिशतको योगदान रहने गरेको छ । हाल मलेसियामा मात्रै करिब आठ लाख नेपालीले काम गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.