एक सय नाै अंकले झर्‍यो नेप्से

एक सय नाै अंकले झर्‍यो नेप्से

काठमाडौंः पुँजी बजारका लगानीकर्ताले आत्मविश्वास गुमाउँदा यो साता नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । बजार नेप्से परिसूचक १०९.३३ अंकले घटेर १७६८.६ विन्दुमा आइपुगेको छ । अघिल्लो बिहीबारको तुलनामा नेप्सेमा ठूलो ह्रास आएको हो । अघिल्लो बिहीबार नेप्से परिसूचक १८७७.९३ विन्दुमा अडिएको थियो ।

एक सातादेखि लगातार घट्न थालेपछि साना र नयाँ लगानीकर्ताले आत्तिएर सेयर बिक्री गरेका छन् । बजारमा कालोधन भित्रिएको र सरकारले छानबिन थाल्ने सूचना बाहिर आएपछि पुँजी बजारमा नकारात्मक प्रभाव परेको हो । साना र नयाँ लगानीकर्ता बढी आत्तिएका छन् । उनीहरूले जुनसुकै मूल्यमा पनि सेयर बिक्री गर्न ब्रोकरलाई अर्डर गर्दा बजार भाउ बेस्सरी प्रभावित भएको हो । एकै दिनमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेको स्रोत खोजी हुने सूचना बाहिर आएपछि बजारको वातावरण एक्कासि बिग्रिन गएको हो ।

घट्दो बजारलाई चेक ग्यारेन्टीमा ब्रोकरलाई दिइने पाँच करोडसम्मको भुक्तानी रोकिनुले थप असर गरेको छ । क्लियरिङ बैंकले ब्रोकरलाई चेक खरिदमा पाँच करोडसम्म नगद दिँदै आएकोमा राष्ट्र बैंकले यो सुविधा कटौती गरिदिएको छ । यो सुविधा रोकिएपछि लगानीकर्तालाई ब्रोकरले ठूलो मात्रामा सेयर किनिदिन आनाकानी गर्न थालेका छन् ।

सेयर बजार विश्लेषकहरूले भने बजार घट्दा धैर्य गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । आत्तिएर सस्तोमा सेयर बिक्री गर्नुभन्दा होल्ड गर्न विज्ञको सुझाव छ । यस्तो बेला लगानीकर्ता आत्तिएर सेयर बेच्दा नोक्सान बेहोर्नुपर्छ । लाभांश पाक्ने बेलामा सकेसम्म सेयर होल्ड गर्नु बुद्धिमानी हुन सक्छ ।

यस साता स्टक एक्सचेन्जमा सात अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँमा कुल एक सय ५२ कम्पनीका एक करोड ७२ लाख २४ हजार नौ सय ७० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १८.२८ प्रतिशत कम हो । गत साता नौ अर्ब ५४ करोड ३९ लाख ३५ हजार रुपैयाँमा एक सय ५६ कम्पनीका दुई करोड ५७ लाख ६हजार आठ सय ३० कित्ता सेयर किनबेच भएका थिए ।

यो साता ‘क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २०.१० अंकले घटेर ३८०.९५ मा आइपुगेको छ । कारोबार रकम ४८ करोड ७२ लाख ४० हजार रुपैयाँको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी कारोबार भएको सेयर संख्या ३० लाख ९१ हजार कित्ताको आधारमा लक्ष्मी भ्याल्यु फन्ड १ अग्रस्थानमा छ । कारोबार संख्या दुई हजार ६९ वटाको आधारमा प्राइम कमर्सियल बैंक सबैभन्दा अघि छ । सातामा पाँचै दिन सेयर कारोबार भयो । सरकारी तथा संस्थागत ऋणपत्रको कारोबार हुन सकेन ।

नआत्तिन इन्भेस्टर्स फोरमको आग्रह

काठमाडौंः नेपाल इन्भेस्टर्स फोरमले निरन्तर बजार ओरालो लाग्न थालेपछि लगानीकर्तालाई धैर्य गर्न आग्रह गरेको छ । बजार घटाउन विभिन्न हल्ला फैलाइँदा लगानीकर्ताको मनोबल गिरेको फोरमले जनाएको छ । यस्तो बेला लगानीकर्तामा धैर्य आवश्यक रहेको इन्भेस्टर्स फोरमको भनाइ छ ।

आफ्नै गतिमा अघि बढिरहेको बजारलाई बिगार्न विभिन्न पक्ष लागिपरेको आरोप पनि फोरमले लगाएको छ । लगानीकर्ताले भुक्तानी लिने तथा दिने दुवै कार्य एकाउन्टपेयी चेकको माध्यमबाट हुने र यसमा सरकारले पुँजीगत लाभकरसमेत लिने सेयर बजार सबैभन्दा पारदर्शी रहेको इन्भेस्टर्स फोरमले जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.