दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो

दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो

काठमाडौंः राजधानीको बजार अहिले महँगिएको छ । दैनिक उपभोग्यतर्फ तरकारी, दाल, चिनीलगायतका वस्तुको मूल्य वृद्धि भएको छ । वर्षा लागेर उत्पादनमा कमी आउँदा अहिले कालिमाटी तरकारी बजारमा हरेक तरकारी एक किलोमा पाँच रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।

खुद्रे व्यापारीले भने यस्ता तरकारीमा थप प्रतिकिलो २० देखि २५ रुपैयाँ जोडेर उपभोक्ताको ढाडै सेक्ने गरी बिक्री गर्दै आएका छन् । बजार भाउले आकास छोए पनि आपूर्ति विभागले कुनै चासो देखाएको छैन । अहिले बजारमा सबैभन्दा बढी गोलभेंडाको मूल्यले आकास छोएको छ ।

असार पहिलो सातामा ५५ देखि ६५ रुपैयाँ प्रतिकिलो रहेको गोलभेंडाको मूल्य सोमबार ९० सम्म पुगेको छ । असार १ गते ठूलो गोलभेंडा ६५ रुपैयाँ प्रतिकिलो रहेकोमा सोमबार ७० रुपैयाँ प्रतिकिलोमा पुगेको छ । यसैगरी असार पहिलो सातामा ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको सानो गोलभेंडा सोमबार प्रतिकिलो ९० रुपैयाँमा कालिमाटी तरकारी बजारमा बिक्री भएको छ । खुद्रा व्यापारीले भने एक सय २० रुपैयाँ प्रतिकिलोसम्ममा गोलभेंडा बिक्री गर्दै आएका छन् ।

‘उत्पादमा निक्कै कमी आउँदा बजार मूल्य अकासिएको हो', कालिमाटी बजारका थोक बिक्रेता भरत खतिवडाले भने । उनका अनुसार पोहोर सालको तुलनामा यो वर्ष आश्चर्यजनक रूपमा गोलभेंडाको मूल्यमा वृद्धि भएको हो । वर्षायाममा बेमौसमी जातका गोलभेंडाले बजार पाएर केही सस्तो मानिए पनि यो वर्ष भने बेमौसमी गोलभेंडाको उत्पादनमा निकै कमी आएको छ ।

‘वर्षा लागेर उत्पादनमा कमी आएको छ', उनले भने, ‘यस बाहेक राजधानी र वरिपरीका जिल्लामा टनेलमा उत्पादन भइरहेका गोलभेंडा खेतीमा कीराको प्रकोप पर्दा त्यसले पनि ठूलो क्षति भएको छ ।' यसका कारण मागअनुसार उत्पादन नहुँदा गोलभेंडाको मूल्य अकासिएको हो ।

गोलभेंडामा भारतबाट भित्रिएको टुटा अवसोल्युटा नामक कीराका कारण उत्पादनमा कमी आउँदा मूल्य वृद्धि भएको हो । काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, काभे्र र नुवाकोट जिल्लामा टनेलमा उत्पादन हुँदै आएको गोलभेंडामा कीराको प्रकोप फैलिँदा उत्पादन घटेको छ । यो कीराको प्रकोप दुई महिना अघिदेखि उपत्यका वरिपरीका जिल्लामा भेटिएको हो । 

थोक व्यवसायीका अनुसार वर्षाकै कारण अन्य प्रकारका तरकारीको उत्पादनमा पनि कमी आउदा बजार मूल्य अकासिएको छ । भान्टाको मूल्य पनि निक्कै बढेको छ । असार पहिलो साता ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको भान्टा अहिले ७० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । खुद्रामा भने ८० रुपैयाँमा बिक्री हुँदै आएको छ । ५५ जाने रातो आलुको मूल्य ६०, ४५ जाने सेतो आलुको मूल्य ५०, ३५ जाने प्याजको मूल्य ४०, ४५ जाने बन्दाको मूल्य ५० र ६५ जाने काउलीको मूल्य ७० रुपैया पुगेको छ ।

यसैगरी ३५ जाने परवरको ६०, ४५ जाने घिरौंलाको ६० र ४५ जाने भिण्डीको मूल्य ६० पुगेको छ । कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार वर्षातका कारण तरकारी बाली गलेका कारण उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आउँदा मागअनुसार आपूर्ति छैन ।

तरकारीसँगसंगै यतिवेला दाल र चिनीको मूल्यले पनि आकाश छोएको छ । भारतमै दालको मूल्यमा चर्को वृद्धि भएकाले त्यसको प्रभाव नेपालको बजारमा पनि परेको व्यवसायीले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार १५ दिनको अन्तरमा दालको मूल्य बढेको हो । उनका अनुसार एक सय ६० रुपैयाँ पर्ने सेतो चनाको मूल्य अहिले दुई सयमा पुगेको छ ।

यसैगरी एक सय ४० रुपैयाँ किलो पर्ने फाराम चनाको मूल्य एक सय ६० पुगेको छ । दुई सय ३० जाने मास र रहर दालको मूल्य दुई सय ७० पुगेको छ । चिनीको मूल्य ८२ बाट ९० सम्म पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.