पशुपतिमा मेहन्दी कार्यक्रम

पशुपतिमा मेहन्दी कार्यक्रम

काठमाडौंः अन्नपूर्ण पोस्ट्ले सोमबार पशुपति मन्दिर क्षेत्रमा आयोजना गरेको मेहन्दी कार्यक्रममा पाँच सयभन्दा बढी महिलाले मेहन्दी लगाएका छन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चलेको कार्यक्रममा मेहन्दी लगाउनेको भीड थियो ।

चाँगुनारायणबाट पशुपति दर्शन गर्न आएकी कल्पना थापा डिजाइनर मेहन्दी लगाउन पाउँदा खुसी भइन् । उनले भनिन्, ‘साउन महिना सुरु भएदेखि मेहन्दी लगाउने रहर भए पनि मौका मिलेको थिएन, आज ठ्याक्कै लगाउन पाइयो ।'

अन्नपूर्ण पोस्ट्ले सामाजिक तथा सांस्कृतिक उत्तरदायित्व निभाउँदै निःशुल्क मेहन्दी कार्यक्रम आयोजना गरेको हो ।

बालुवाखानी कपनकी अम्बिका खड्कालाई राम्रो बुट्टा भएको मेहन्दी लगाउने रहर थियो । अरेबिक डिजाइनको मेहन्दी लगाएर उनले आफ्नो रहर पूरा गरिन् । बालकोटकी मीनु राईलाई चलेको चलनअनुसार आफूले पनि हातभरि मेहन्दी लगाउँदा रमाइलो महसुस भयो । मुम्बई मेहन्दीका ११ जनाको समूहले मेहन्दी लगाइदिएका थिए ।
अन्नपूर्ण पोस्ट्ले सामाजिक तथा सांस्कृतिक उत्तरदायित्व निभाउँदै निःशुल्क मेहन्दी कार्यक्रम आयोजना गरेको हो । भगवान् शिवको प्रिय महिना भएकाले साउनमा शृंगारपटार गरी उनको आराधना गरिन्छ । सबैतिर हरियाली हुने भएकाले हरियो पहिरन, हरियो चुरा र मेहन्दीको यस महिनामा विशेष महर्‍व रहन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.