सेयर बजारमा हिजो शोक, आज खुसीयाली

सेयर बजारमा हिजो शोक, आज खुसीयाली

काठमाडौँ : सोमबार अप्रत्याशित रुपमा पहिरो गएको सेयर बजारमा मंगलबार खुसीयाली छाएको छ। सोमबार ८८ अंकले गिरेको बजार मंगलबार झन्डै त्यही अनुपातमा उक्किलएको छ।

मंगलबार बजार खुलेदेखि नै निकै तीव्र गतिमा उकालो लागेको नेप्से एकघन्टामै ८४.५१ अंकले बढेको छ। सोमबार १६७५ मा ओर्लिएको बजार मंगलबार बुलकै शैलीमा बुर्कुशी मारेर १७६०.४२ अंकमा उक्लिएको छ। सोमबार शोकमय भएको सेयर बजारमा मंगलबार एकाएक खुसीयाली छाएको छ। 

पाँच प्रतिशतभन्दा बढी वृद्धि भएपछि एक घन्टा मात्र चलेर बजार बन्द भएको छ। एकैदिन पाँच अंकभन्दा बढी बढ्न वा घट्न नपाउने नियम छ। बजार एकाएक उकालो लागेपछि दुईपटक सर्किट ब्रेक लगाएर कारोबार स्थगित गरिएको थियो। त्यसपछि पनि बजारको गति नरोकिएपछि मंगलबारका लागि सेयर कारोबार स्थगित गरिएको हो। एकघन्टा मात्र बजार चलेकोले २९ करोड बढीको सेयर कारोबार भएको छ। सामान्य अवस्थामा पनि अर्बको हाराहारीमा सेयर कारोबार हुँदै आएको छ।

बैंकिङ, होटल, हाइड्रो, इन्सुरेन्स, विकास बैंक समूहको सोमबार जुन अनुपातमा गिरावट आएको थियो मंगलबार त्यही अनुपातमा उकालो लागेको छ। खासगरी बैंक तथा बिमाको सेयरमा बिशेषा उछाल देखियो। बैंक समूह ९६ अंकले बढेको छ भने बिमा समूह ५११ अंकले बढेको छ।

मंगलबार बढी कारोबार भएका कम्पनीहरु 

 

लगातार ८ दिनसम्म उच्च दरमा ओरालो लागेको बजार नबौं दिनमा हरियो भएको हो। निरन्तर उकालो लागेको बजार राजनीतिक वातावरणमा सुधार भएपछि र अन्य पक्षहरु पनि अनुकुल भइरहेको अवस्थामा पछिल्लो समय अस्वभाविक रुपमा घटाइएको थियो। सेयर बजारमा कालो भित्रिएको हल्ला तथा अन्य भ्रम फिजाएर ८ दिनमा २ सय अंकभन्दा बढी घटाइएको थियो।

दुई सय अंक झरेपछि सोमबार मात्र बजार नियामक निकाय धितोपत्र बोर्डले एकैदिन दुईवटा विज्ञप्ती निकालेर लगानीकर्तालाई नआत्तिन आग्रह गरेको थियो। बजारलाई बजारकै नियममा दौडिन दिने र त्यसमा बोर्डमा कुनै अवरोध नहुने स्पस्ट पारेको छ। सेयर बजारमा भित्रिएको भनिएको कालोधनको छानबिन गर्न गठन गरिएको सम्पत्ति शुद्धिकरण समिति पनि खारेज गरिएको छ। बोर्डको यो कदमपछि लगानीकर्ता फेरि हौसिएका छन्। त्यसको परिणाम मंगलबार बजारमा स्पष्ट रुपमा झल्किएको छ।

सेयर बजारमा देखिएको नाटकीय उतारचढापबाट खेलीडीहरुलाई निकै लाभ भए पनि साना तथा मध्यम लगानीकर्ता भने मर्कामा परेका छन्।बैंक तथा कम्पनीरुले वार्षिक नाफा नोक्शान विवरण निकालेर बोनस, लाभांस तथा हकप्रद घोषणा गर्न लागिरहेको अवस्थामा सेयर बजारमा देखिएको यो अस्वभाविक गिरावटलाई बजार विज्ञहरुले चलखेल भनेका छन् ।

अरु बेला घटेको बजार पनि साउन भदौंमा बढ्ने गर्छ। त्यसैले यो अवधिलाई नेप्सेको साइकलमा ग्रिन सिजन भनिन्छ। तर यही ग्रिन सिजनमा साना तथा मध्यम लगानीकर्ताको सेयर सस्तोमा कब्जा गर्ने रणनीतिअनुसार खेलाडीहरुले नाटकीय रुपमा बजार घटाएर फाइदा उठाएका छन्। यसमा बजार नियामक निकायहरुसमेत उदासिन देखिएका छन्। ब्रोकर र बजार नियामक निकायबीच पछिल्लो समयमा बढ्दै गएको तनावको सिकार साना लगानीकर्ता भएका छन्।

अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण नभएको बजार विज्ञहरुले बताइरहेका छन्। भूकम्प र नाकाबन्दीजस्तो विषम परिस्थितिलाई पनि सामना गरेर निरन्तर अघि बढेको सेयर बजारका लागि अहिले राजनीतिक वातावरण र अन्य पक्षहरु पनि सकारात्मक देखिएका छन्। सरकार परिवर्तको खेलसँगै देखिएको राजनीतिक अन्योल अन्त्य भएर नयाँ सरकार गठन भइसकेको छ भने झन्डै एक वर्ष लामो मधेस आन्दोलन पनि सहमतिमा टुंगिने अवस्था बनेको छ। संविधान कार्यान्वयनका लागि विस्तारै सहमतिको वातावरण बन्दै गरेको अवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.