सामाजिक सञ्जाल बेच्दा मालामाल कमार्इ

सामाजिक सञ्जाल बेच्दा मालामाल कमार्इ

काठमाडौं: याहु चार अर्ब ८३ करोड अमेरिकी डलरमा बिक्री हुनु यसको दुर्भाग्य हो या सफता । कुनै समय सामाजिक सञ्जालको सुरुवात गर्ने माध्यमका रूपमा लिइएको याहु यसरी सानो मूल्यमा बिक्री भएपछि विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आलोचना पनि गरेका छन् ।

याहुलाई अहिले अमेरिकन कम्पनी भरिजनले चार अर्ब ८३ करोड अमेरिकी डलरमा खरिद गरेको छ । हुन पनि हो, याहुको इतिहासलाई हेर्ने हो भने याहुले कुनै सयम ठूलाठूला भूल गरेको देखिन्छ । सन् १९९८ मा याहुले गुगललाई एक मिलियन अमेरिकी डलरमा किन्न अस्वीकार गरेको थियो ।

त्यसको केही वर्षमा गुगलले पाउँदै गएको सफलतालाई मध्यनजर गरेर याहुले सन २००२ मा आएर गुगललाई खरिद गर्न तीन अर्ब अमेरिकी डलरको अफर गर्‌यो । तर त्यसबेला गुगलले पाँच अर्ब अमेरिकी डलर माग्यो जुन याहुले फेरि अस्विकार गर्‌यो ।

याहुको सबैभन्दा ठूलो गल्तीका रूपमा माइक्रोसफ्टले याहुलाई खरिदका लागि अफर गर्दा अस्वीकार गर्नुलाई हेरिएको छ । सन् २००८ मा माइक्रोसफ्टले याहुलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्न अफर गरेको थियो । यसरी माइक्रोसफ्टको अफरलाई अस्वीकार गरेको त्यस पछिका दिनमा याहुले निरन्तर आफ्नो अधिपत्य गुमाउँदै गयो ।

यसको प्रतिफल अहिले गुगल फोब्र्सले जारी गरेको २०१६ को रिपोर्टमा ८२.५ मिलियन ब्रान्ड भ्यालुका साथ दोस्रो स्थानमा छ भने, याहु उत्कृष्ट सय को सूचीमा समेत परेको छैन ।

याहुलाई अहिले अमेरिकन कम्पनी भरिजनले चार अर्ब ८३ करोड अमेरिकी डलरमा खरिद गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिका साथै वायरले नेटोर्क सभिर्स प्रदान गर्दै आएको अमेरिकन कम्पनी भरिजनले खरिद गरेपछि याहुलाई अझ परिष्कृत र बढी प्रभावकारी रूपमा ल्याउने योजना कम्पनीले बनाएको छ ।

भरिजनका प्रमुख कार्यकारी अधिकृत ‘लोवेल म्याकएडम' ले याहुको खरिद पश्चात अन्तर्राष्ट्रिय माडियामा भरिजनले मोबाइल सेवा र वायरलेस सेवा मात्र प्रदान गर्ने नभएर ठूलो मिडिया कम्पनीका रूपमा स्थापित हुन लक्ष्य राखेको छ र उक्त लक्ष्य प्राप्तिका लागि याहु एउटा उत्कृष्ट माध्यम भएको बताएका छन् ।

भरिजनले याहुलाई खरिद गरे पश्चात कम्पनीले याहु मोबाइल सर्भिसका रूपमा विकास गर्न जनाएको छ । यसमा इमेल, स्पोर्ट का साथै सर्च इन्जिनलाई प्राथामिकता दिने जनाएको छ । बढ्दो मोबाइल प्रायोगकर्ता कम्पनी सबैभन्दा फाइदा हुने कम्पनीले जनाएको छ ।

सन २०१५ मा ‘एओएल' लाई चार अर्ब ४३ करोड अमेरिकी डलरमा किनेको कम्पनीले गो ९० मोबाइल भिडियो सभिर्स प्रदान गर्दै आएको छ । कम्पनीले याहुलाई खरिद गरी अबको केही समयमा फेसबुक र गुगललाई समेत चुनौती प्रस्तुत गर्ने जनाएको ।

 

कुनैसमय साइबर क्याफेमा गएर इन्टरनेट चलाउने झुम्मिने याहुमात्र नभएर सामाजिक सञ्जालमा एक कम्पनीले अर्काे कम्पनीलाई किन्ने प्रचलन जस्तै छ । सन १९९७ मा माइक्रो सफ्टले ४० करोड अमेरिकी डलरमा सबिर भाटियासँग ‘हटमेल' लाई किनेको थियो ।

सन् २०१३ देखि ‘आउटलुक' का रूपमा रहेको यसको एक्टिभ युजर संख्या अहिले ४० करोडभन्दा बढी पुगेको छ । चाहे याहु जस्तो आफ्नो अधिपत्य गुमाएका कम्पनीलाई ठूला मिडियाले किन्ने होस या कुनै समय हटमेल जस्तो सफल हुँदै गरेको कम्पनीलाई आफ्नो बनाउने क्रममा ।

सामाजिक सञ्जालको किनबेच नेपाल जस्तो देसको कुल बजेटभन्दा पनि कतिऔं गुणा ठूलो हुने गरेको छ । यसको उदाहरण हो सन् २०१६ जुन मा माइक्रोसफ्टले ‘लिङ्कइन' लाई २६ अर्व २० करोड अमेरिकी डलरमा खरिद गर्नु ।

यो नै सामाजिक सञ्जालको खरिद बिक्रिमा प्रयोग भएको सबैभन्दा ठुलो रकम हो । माइक्रो सफ्टको आफ्नै अन्य कुनै सामाजिक सञ्जाल नभएकाले व्यासायिक व्यक्तित्वको उपस्थिति राम्रो रहेको लिङ्कइनलाई खरिद गरेको हो । त्यतिमात्र नभएर माइक्रो सफ्टले लिङ्कइनलाई खरिद गरे पस्चात यसलाई नै आफ्नो प्रमुख कार्यक्षेत्रका रूपमा विकास गर्ने जनाएको छ ।

लिङ्कइनलाई सूचना आदनप्रदान गर्ने माध्यमका साथै बौद्धिक धारका डाटा प्रदान गरी विभिन्न क्षेत्रका व्यसायिक व्यक्तित्वको मिटिङ सेन्टर रुपमास्थापित गर्ने जनाएको छ । साथै भविश्यमा माइक्रोसफ्टले यसलाई इमेल सभिर्सका रूपमा पनि विकास गर्ने योजना बनाएको छ ।

यतिमात्र नभएर सामाजिक सञ्जालको खरिदकै क्रममा फेसबुकले सन् २०१४ मा १९ अर्ब अमेरिकी डलर तिरेर ‘ह्वाट्सएप' किनेको थियो । ह्वाट्सएपको एक्टिभ प्रयोगकर्ताले फेसबुकलाई जितेपछि समाजिक सञ्जालमा आफ्नो स्थान गुमाउने डरले ह्वाट्सएप किनिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

तर फेसबुकको आफ्नै म्यासेजिङ एप ‘म्यासेन्जर' हुँदाहुँदै ह्वाट्सएप किन किनेको होला भन्ने प्रश्न उठेता पनि अहिले फेसबुकले ह्वाट्सएपलाई किन्नु सबैभन्दा फलदायी सावित भएको छ । सूचना चुहावट नहुने म्यासेजिङ एपका रूपमा रहेको ह्वाट्सएपको प्रयोगकर्ता दैनिन बढ्दो छ ।

ह्वाट्सएपलाई किन्नुभन्दा दुई वर्ष पहिले फेसबुकले ‘इनस्ट्राग्राम' लाई किनेको थियो । सन् २०१२ मा फेसबुकले १ अर्ब अमेरिकी डलरमा इनस्ट्राग्राम किनेको हो । फेसबुकमा नै फोटो सेयर गर्न सकिने भएता पनि इनस्ट्राग्रामलाई आफ्नो बनाएको फेसबुकको यो निर्णय पनि सफल सावित भएको छ ।

फेसबुकले इनस्ट्राग्रामलाई किने पश्चात यसको प्रयोगकर्ता दैनिक बढ्दै गएका छन् । अहिले कम्पनीको आर्थिकको प्रमुख स्रोत नै इनस्ट्राग्राम बनेको छ । अहिले इनस्ट्राग्राममा फोटो अपलोड गर्ने र फोटोमा लाईक र कमेन्ट गर्ने क्रमले फेसबुक आफैंलाई उछिनी सकेको छ ।

फेसबुकले इनस्ट्राग्राम र ह्वाट्सएपलाई किन्नुको कारण सामाजिक सञ्जालमा आफ्नो प्रभुत्व जोगाउनु मात्र नभएर इनस्ट्राग्राम र ह्वाट्सएप जस्तो उत्कृष्ट सामाजिक सञ्जालका निमार्णकर्तालाई आफ्नो बनाउनु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इनस्ट्राग्राम र ह्वाट्सएपलाई किनेर फेसबुकले निरन्तर सामाजिक सञ्जालमा आफ्नो प्रभुत्व जमाइ रहेकै छ ।

फेसबुकले इनस्ट्राग्राम र वाट्सएपमात्र नभएर ‘फ्रेन्डस्टर' लाई ४ करोड अमेरिकी डलर, ‘फ्रेन्ड्सफिड' लाई ४ करोड ७५ लाख अमेरिकी डलर, ‘हट स्टुडीयो', ‘फेसकम' जस्ता सामाजिक सञ्जाललाई किनी सकेको छ । यी सामाजिक सञ्जालको आइडियालाई जोडेर पहिल्लो समय फेसबुकले आफूलाई प्राविधिक रूपमा परिष्कृत पार्न काम गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.