पाँच वर्षमा खनियो १६ किलोमिटर

पाँच वर्षमा खनियो १६ किलोमिटर

गोरखाः गोरखाबाट चीनको स्वाशासित क्षेत्र तिब्बत जोड्ने रणनीतिक महत्वको बारपाक-माछाखोला-छेकम्पार-नल्याङभञ्ज्याङ सडक निर्माण कछुवा गतिमा भएको छ । पाँचवर्ष अघिदेखि निर्माण सुरु भएको उक्त सडक हालसम्म १६ किलोमिटर मात्रै खनिएको छ ।

गत आर्थिक वर्ष विनियोजित तीन करोड रुपियाँमध्ये एक करोड १० लाख फिर्ता भएको सडक योजना कार्यालयले जनाएको छ । सरकारले यो सडकलाई पहिलो प्राथमिकता (पी-वान) मा राखेको छ । यो सडकको कामा अहिले म्हु गुम्बामा पुगेर रोकिएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको जोङ्गा जिल्लाको कोङ्दाङ सहर जोड्ने यो सडक आर्थिक वर्ष २०६७/२०६८ सालदेखि निर्माण सुरु भएको थियो । सडक सञ्जालले नजोडिएको हिमालपारीको छेकम्पारमा सडक खन्न पाँच वर्षअघि हेलिकोप्टरबाट डोजर बोकेर लागिएको थियो ।

यो सडक गत आर्थिक वर्ष जम्मा चार किलोमिटर मात्र निर्माण भएको गोरखास्थित सडक आयोजना कार्यालयले जनाएको छ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कराण कत्ति पनि हुन सकेको थिएन ।

‘गत आर्थिक वर्षमा चार किलोमिटर सडक निर्माण भयो', प्रमुख इञ्जिनियर प्रेमप्रकाश खत्रीले भने, ‘अपेक्षाकृत छिटो हुन सकेन । त्यसैले सन्तोषजनक छैन ।' गोरखाको बारपाकदेखि नल्याङभञ्ज्याङसम्म १३० किलोमिटर लम्बाइ छ ।

तर अहिलेसम्म १६ किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ । अघिल्ला वर्षहरू भन्दा केही प्रगति भने भएको प्रमुख इञ्जिनियर खत्रीले बताए । ‘चार वर्षसम्म जम्मा चार किलोमिटर निर्माण भएको थियो', प्रमुख इञ्जिनियर खत्रीले भने, ‘अहिले डेढ वर्षयता १२ किलोमिटर निर्माण भइसकेको छ । यो हेर्दा तुलनात्मक रूपमा धेरै काम भएको देखिन्छ ।' भौगोलिक समस्याका कारण काममा ढिलाइ भएको उनको भनाइ छ ।

तर स्थानीयवासी भने ठेकेदारले सडकको काम छाडेर व्यक्तिगत घडेरी खार्न, बारी सम्याउन डोजरको बढी प्रयोग गरेकाले सडकको काममा प्रगति हुन नसकेको आरोप लगाउँछन् । ‘सडक खन्न भनेर हेलिकोप्टरमा झुण्ड्याएर ल्याएको डोजरले ब्यक्तिको घडेरी खार्ने, बारी सम्याउने काम मात्र गरिरहन्छ । अनि कसरी सडकको काम धेरै होओस्' स्थानीय राजनीतिक परामर्श समितिका दोर्जे लामा भन्छन्, ‘हिउँदमा यसै काम नहुने भइहाल्यो ।

बर्खामा पनि कहिले मेसिन बिग्रिन्छ । कहिले इन्धन सकिन्छ । सानो पार्टपूर्जा बिग्रियो भने हेलिकोप्टर पर्खनुर्छ । एक महिना लाग्न सक्छ । इन्धन पनि हेलीबाटै बोक्नु पर्छ । तल्लो भेगमा जस्तो सजिलो र छिटो हुँदैन ।'

सीमानाको नल्याङ भञ्याङसम्म पुग्न अझै २२ किलोमिटर बाँकी छ । अबको एक किलोमिटर सडक निर्माण गर्न झन जटिल भएकाले प्रगति कम देखिन सक्ने सडक योजना कार्यालयले जनाएको छ । ‘म्हु गुम्बादेखि कलुङसम्मको सडक खन्न पहरो भएका कारण धेरै गाह्रो छ', प्रमुख इञ्जिनियर खत्री भन्छन्, ‘यो सकेपछि बाँकी सडक खन्न सजिलो छ ।'

यहाँसम्म पुर्‍याउन तल्लो भेगको गुम्दादेखि माछाखोलासम्मको सडक पनि जोडिएको छैन । यो खण्डका लागि विनियोजित ९० लाख मध्ये २० लाख मात्र खर्च भयो । ७० लाख फिर्ता भएको थियो । सो क्षेत्रमा दुईवटा योजना सञ्चालित छ । बेनिघाट आरुघाट लार्के सडक योजना सोतीसम्म मात्र पुगेर दुई वर्षदेखि काम रोकिएको छ ।

‘गत वर्ष भुइँचालोले घरभन्दा ठूला ठूला ढुंगा ल्याएर बाटो राखिदिएको छ' खत्री भन्छन् ‘यस वर्ष ती ढुंगा र हावाडाँडाका कडा पहरामा ब्लास्ट गर्ने टेण्डर परेको छ । कुनै नसोचिएको बाधा ब्यवधान आएन भने यो खण्डमा धेरै काम हुनेछ ।'

गोरखा घर भएका बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला यो सडक निर्माणको प्रक्रिया सुरु भएको हो । पहिलो वर्ष एक करोड रुपैयाँबाट काम सुरु भएको थियो । यो सडक निर्माण भएपछि तिब्बत जोड्ने सबैभन्दा छोटो सडक बन्ने र चीनसँग सिधा व्यापार हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.